• १२ साउन २०८१, शनिबार

गहना जोगाउन घरभित्र जाँदा वृद्धाको मृत्यु

blog

बाँफिकोट गाउँपालिका –३ मा भएको आगलागी। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख ९ गते। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ दारकाट्यामा आगलागीमा परेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। 

आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो। 

वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो। वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन्।

 अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको वडाध्यक्ष केसीले बताउनुभयो।

 स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ। 

आगलागीबाट थप घरमा समेत क्षति हुने अवस्था छ। घरमा आगलागी हुँदा भएको क्षतिको विवरण भने अझै सङ्कलन हुन सकिरहेको छैन।