• २१ वैशाख २०८१, शुक्रबार

भन्सार छलेर भित्र्याएको ७४४ जोर चप्पल बरामद

blog

प्रहरीले बरामद गरेको भन्सार छलिको चप्पल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख ८ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर नेपालगन्जमा ल्याएको ठुलो परिमाणको चप्पल बरामद गरेको छ ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको ७४४ जोर चप्पल बरामद भएको हो ।

प्रहरीले बिना भन्सार सामान ल्याउने व्यक्तिलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ५७ हजार ८० मूल्याङ्कन गरिएको उक्त चप्पल र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको छ ।

पछिल्लो समयमा आएर भारतबाट हुने चोरी पैठारी निकासी बढ्दै गएकाले प्रहरीले कडाइ सुरु गरेको हुँदा दैनिक जसो ठुलो परिमाणमा अवैध सामान बरामद हुँदै आएको छ ।