• १९ वैशाख २०८१, बुधबार

लगानी कोष र सिउरी न्यादीबिच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ६ गते । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबिच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । 

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । न्यादीले प्रतिकित्ता एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ । उक्त शेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग शेयर प्रत्याभूतिको कार्य गरिसकेको छ । रासस