• १२ साउन २०८१, शनिबार

रुरुक्षेत्रमा गुनासो सुनुवाइ प्रणाली सञ्चालन

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको छ । यस गाउँपालिका प्रति नागरिकको चासो र उनीहरुको प्रतिक्रियालाई सहज बनाउनका लागि नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाबाट सम्पादन भएका विभिन्न कार्यक्रमहरु, सेवा प्रवाह, विकास निर्माण लगायतका विषयहरुमा आम नागरिकको चासो र प्रतिक्रियालाई सहज बनाउन रुरुक्षेत्र गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

आफ्नो गाउँ समाजमा भएका विभिन्न गतिविधि तथा ढिलासुस्तीले अनियमितता, भ्रष्टाचारजन्य गतिविधिहरु देखे वा थाहा पाएमा गाउँपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुनुवाई प्रणालीमा २४ सैं घण्टा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने उहाँले बताउनुभयो ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुनुवाइ प्रणालीमा गुनासोलाई प्रणालीले फोन नम्बर नदेखिने र आवाजलाई कस्को आवाज हो भन्ने यकिन नहुने गरि रेकर्ड गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

गुनासोकर्ताको पूर्ण गोपनीयता रहने हुनाले ढुक्क भएर आफ्नो गुनासो राख्न हुने भन्दै उहाँले गुनासो सुनुवाइ प्रणालीमा गुनासो रेकर्ड गराउनका लागि गाउँपालिका कार्यालयको फोन नम्बर  ०७९४१००१५ मा डायल गरी जानकारी मूलक सन्देश सुनिसकेपछि रेर्कड गर्नको लागि अंक १ थिच्नुपर्ने बताउनुभयो ।