• १८ वैशाख २०८१, मङ्गलबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ? 

सुन्तला

विसं २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ । 

मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो । 

नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ । 

आर्थिक वर्ष २०७९/८० मा २७ हजार ८९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । 

४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिएको छ । 

अन्नबालीभन्दा सात गुना बढी लाभदायक छ । 

कृषिको कुल गार्हस्थ उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ । 

नेपालमा वार्षिक ३० अर्ब ६१ करोड रुपियाँको कारोबार हुन्छ । वार्षिक सात लाख व्यक्तिलाई यो खेतीले प्रत्यक्ष रोजगारी दिएको छ । 


२. गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ ? 

४३

याक्खा र डडेलधुरेली गरी दुई मातृभाषा थप भएका छन् । 

यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो । 

२०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो । 

मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो । 


३. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

३.६ प्रतिशत 

यसअघि विश्व बैङ्कले आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हासिल हुने प्रक्षेपण 

गरेको छ । 

भारतमा मुद्रास्फीति घटिरहेकाले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडिबीले प्रक्षेपण गरेको छ । 


४. चिकित्सा शिक्षा सुधारका निम्ति महìवपूर्ण ठानिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०२४ को प्रतिवेदन कहिले सार्वजनिक गरियो ?

विसं २०८० चैत २८ 


५. ठमेल र दरबारमार्ग क्षेत्र कहिलेदेखि चोबिसै घण्टा खोल्न थालिएको हो ?

विसं २०८१ वैशाख १

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चोबिसै घण्टा) व्यवसाय सञ्चालन गर्न थालिएको हो । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गरिएको हो । 


६. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

ललितपुर महानगरपालिका 


७. विश्व बैङ्कद्वारा २०८० चैत २० मा सार्वजनिक ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ प्रतिवेदन अनुसार नेपालमा रोजगारीको अनुपात विगत २३ वर्षमा कति प्रतिशतले घटेको छ ?

११ प्रतिशत

काम गर्ने जनसङ्ख्या बढ्दै गएको तर सो अनुरूप रोजगारी सिजना गर्न नसक्दा नेपालमा रोजगारीको अनुपात घट्न पुगेको विश्व बैङ्कले जनाएको । 


८. भरतपुर महानगरपालिका र कालीकोटको पचालझरना गाउँपालिकाबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

विसं २०८० चैत २६ 

दुई पालिकाबिच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमतिसहित नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो । 


९. सहकालका देवता भनी चिनिने हिमाल कुन हो ?

अन्नपूर्ण हिमाल 


१०. सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कद्वारा तयार पारिएको दिगो विकास प्रतिवेदन, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

९९ औँ

पहिलो : फिनल्यान्ड 

अन्तिम : दक्षिणी सुडान (१६६ औँ)

सार्कमा पहिलो : माल्दिभ्स (६८ औँ)

सार्कमा अन्तिम : अफगानिस्तान (१५८ औँ)


११. एआई सेफ्टी समिट–२०२३ कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२३ नोभेम्बर १–२ (प्रथम सम्मेलन)

सम्मेलनका क्रममा भएको व्लेच्ले डिक्लेरेसनमा २९ राष्ट्रले हस्ताक्षर गरेका छन् । 


१२. मुलुककै ठुलो विज्ञानपार्क कहाँ निर्माण हुने भएको छ ?

शैलुङ गाउँपालिका–८, फुस्रामाटा (दोलखा)

शैलुङ गाउँपालिका–८ र मेलुङ गाउँपालिका–१ सिमानामा बन्ने सो पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ । 

पार्कको निर्माण लागत अनुमान दुई करोड ७२ लाख रुपियाँ रहेको छ ।


१३. हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?

पोखरा

२०८० चैत २७–३० सम्म सम्मेलन आयोजना गरियो । 

३२ देशका दुई सयभन्दा बढी जैविक विविधता एवं कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागिता रह्यो । 

सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहद्वारा गरियो । 

१४. नेपाल व्यवस्थापन सङ्घका अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

३.०९ प्रतिशत

सङ्घले २०८० चैत २५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो उल्लेख गरिएको छ । 

गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य छ । 

नेपालमा गैरसरकारी संस्थाबाट जिडिपीको गणना गरिएको यो पहिलो पटक हो । 

नेपालमा जिडिपीसम्बन्धी अनुमानित र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मात्रै छ । विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय निकायहरूले भने विशेष अधिकार प्रयोग गरेर जिडिपी वृद्धिको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । त्यसबाहेकका निकाय तथा संस्थालाई जिडिपीको अनुमान गर्ने कानुनी अधिकार छैन । 


१५. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?

२००० मेगावाट 



१६. नेपालकै लामो ट्रेल रेस प्रतियोगिताका रूपमा चिनिने मञ्जुश्री ट्रेल रेस उपाधि विजेता धावक को हुनुहुन्छ ?

अर्जुन कुलुङ

सय माइलको रेसमा उहाँले आफ्नै रेकर्ड तोड्दै च्याम्पियनसिप ट्रफी जित्नुभएको छ । उहाँले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्नुभएको छ । 

बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ उपविजेता हुनुभयो । 

त्यस्तै ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गरेका विजय मगर तेस्रो हुनुभयो ।


१७. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

नेपाल 


१८. हेमराज पहारी स्मृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

साहित्यकार सरुभक्त (राशि : एक लाख रुपियाँ)


१९. भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वन : श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

गीतकार राजेन्द्र थापा 

पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

त्यसै गरी गायिका निशा देसार भीम विराग युवा सङ्गीत पुरस्कार (राशि : २५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ । 


२०. अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 

दीपेन्द्र सिंह ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार 

छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाउनुभएको छ । 

ओमानमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका फिनिसर ऐरीले कतारका मध्यम गतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभएको हो । 

अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै छ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि यो कीर्तिमान भारतका युवराज सिंह र वेस्टइन्डिजका किइरोन पोलार्डका नाममा रहेको छ । 

ओडिआईमा दक्षिण अफ्रिकाका हर्सेल गिभ्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । 

दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतक (चीनको हाङझोउमा भएको १९ औँ एसियाडमा मङ्गोलियाविरुद्ध) को अमर विश्व कीर्तिमान पनि रहेको छ । 


२१. मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ? 

साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु

पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

२०७८ र २०७९ सालमा प्राविधिक कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष एकै पटक दुई जनालाई प्रदान गरिएको हो । 


२२. रमणीय हाँडीकोट टापुकहाँ रहेको छ ? 

बागलुङ

बागलुङको जैमिनी नगरपालिका–१०, राङ्खानीमा हाँडीकोट रहेको छ । 

जिल्लाको तेस्रो उच्च स्थानका रूपमा रहेको हाँडीकोट समुद्र सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ । 

हाँडीकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरे राज्य अन्तर्गत गनिन्छ । 

यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त मानिन्छ । 

तानसेन, बुटवल र गोरखपुरसम्मका ठाउँ नियाल्न सकिने यस डाँडाबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

प्रस्तुतकर्ता : टङ्क केसी