• २३ वैशाख २०८१, आइतबार

सद्भाव, जयवीर र आइस्टिनालाई फाल्डो सिरिज गल्फ उपाधि

blog

उपाधि विजेता खेलाडीहरु ।

काठमाडौँ, चैत ३० गते । सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले नेपाल फाल्डो जुनियर गल्फ टुर च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । उपाधिसँगै तीनै जना फाल्डो सिरिज एसियाको फाइनलमा छनोट हुनुभएको छ । 

रोयल नेपाल गल्फ क्लबमा भएको ५४ होलको स्पर्धामा सद्भावले कूल एक अन्डर दुई सय तीन स्कोरसहित पुरुष १७ देखि २१ वर्ष उमेर समुहमा च्याम्पियन हुनुभयो । अन्तिम राउन्डमा शुक्रबार उहाँले एक अन्डर ६७ खेल्नुभएको थियो । ३१ स्ट्रोकले पछि पर्नुभएको संसार विके दोस्रो हुनुभयो । 

पुरूष १२ देखि १६ वर्ष उमेर समूहमा जयवीर आचार्यले पहिलो हुनुभएको हो । अन्तिम राउन्डमा पाँच ओभर ७३ खेल्नुभएको उहाँले कूल ४९ ओभर दुई सय ५३ स्कोर राख्नुभयो । यस्तै महिला खुलामा पहिलो हुनुभएकी आइस्टिनाले कूल ६० ओभर दुई सय ६४ खेल्नुभयो । नेपाल गल्फ सङ्घले आयोजना गरेको प्रतियोगितामा चार महिलासहित ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।