• २० वैशाख २०८१, बिहिबार

आर्सनल र बायर्न बराबरीमा रोकिए

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र बायर्नका खेलाडी ।

काठमाडौँ, चैत २८ गते । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् । आर्सनलको घरेलु मैदानमा मङ्गलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

आर्सनलका लागि बुकायो साका र लियान्द्रो ट्रोसार्डले गोल गर्नुभयो । बायर्नका लागि सर्ज जिनाब्री र ह्यारी केनले गोल गर्नुभएको थियो । खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । साकाले १२औँ मिनेटमा बेन ह्वाइटको पासमा गोल गर्नुभएको थियो । 

त्यसपछि १८औँ मिनेटमा बायर्नका जिनाब्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाउनुभयो । ७६औँ मिनेटमा बायर्नका ट्रोसार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो लेग बायर्नको घरेलु मैदानमा हुनेछ । 

च्याम्पियन्स लिग अन्तर्गत मङ्गलबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियाल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरी खेलेका छन् । एजेन्सी