• १९ वैशाख २०८१, बुधबार

सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बाँकेका

blog

गजेन्द्र गुरुङ

खजुरा, चैत २७ गते । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकामध्ये छ जना बाँकेको रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका बाँकेका छ जना एउटै वडाका छन । उहाँका अनुसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ स्थित थपुवा र फत्तेपुर गाउँका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा ५० बर्षीय विश्राम थारु, ५० बर्षीय उदयराम चौधरी, ४१ बर्षीय तिलक चौधरी, ५० बर्षीय अन्तराम चौधरी, ५० बर्षीय विनोद चौधरी र ४५ बर्षीय धीरज चौधरी रहेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी आठ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा बाँकेका आठ जना, बर्दियाका एक जना र भारतका एक जना रहेका छन् । त्यसैगरी बर्दियाका एक जना र बाँकेका एक जना गरी दुई जना उक्त दुर्घटनामा घाइते भएको उहाँले जानकारी दिनुभयो ।