• २२ वैशाख २०८१, शनिबार

फ्रेन्डसिप तेक्वान्दोमा ६ सय खेलाडी

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, चैत २७ गते । चौथो संस्करणको राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा  हुने प्रतियोगितामा देशभरका ६ सय खेलाडीको सहभागिता रहनेछ ।

नेपाली खेलाडीलाई प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्पोजर दिन यस प्रतियोगिता महत्वपूर्ण हुँदै आएको आइओएफटिसीका निर्देशक ग्रान्डमास्टर दिवाकर मर्हजनले बताउनुभयो ।प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुनेछ ।

सहभागी खेलाडीले महिलातर्फ ६ र पुरुषमा ६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ग्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संंयोजक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस प्रतियोगिताबाट पुम्सेबाट एक एक पुरुष/महिला तथा ग्योरोगीको सिनियर स्पर्धाबाट दुई पुरुष र दुई महिला खेलाडी आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियामा आयोजना हुने इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा छनोट हुनेछन् । साथै छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको शीर्ष तीन टोलीलाई क्रमश: एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार रुपियाँ प्रदान गरिनेछ ।