• २१ वैशाख २०८१, शुक्रबार

मुगुमा सवारी दुर्घटना हुँदा ११ वर्षमा ५३ जनाको मृत्यु

blog

सोरु गमगढी लोगमार्ग । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, चैत २४ गते । 
मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएको ११ वर्षयता सवारी साधन दुर्घटनामा परि ५३ जनाको मृत्यु भएको छ । जिल्लाका आन्तरिक रूपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठुलो रूपमा मानवीय क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक वीरेन्द्र बहादुर थापाले जिल्लाको नाग्म–गमगढी लोगर्माग सडक सञ्चालनमा आएको २०६९ साल भएता पनि जिल्ला प्रहरी कार्यालयमा  २०७७ साल वैशाख २८ गते यताको मात्र जिल्ला प्रहरी कार्यालयमा विवरण भएकाले उक्त मितिदेखि हालसम्म सवारी साधन दुर्घटनामा परि ५३ यात्रु तथा चालकहरूको मृत्यु भएको उहाँले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालयको विवरण अनुसार उक्त मितिदेखि यता १५ वटा चारपाग्रे गाडी दुर्घटना हुँदा  ५३ जनाको मृत्यु र २३ जना घाइते भएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

यता जिल्ला नागरिक समाजका अगुवा रूप बहादुर मल्लका अनुसार जिल्लाको पश्चिमी भेगमा पर्ने  सोरु गाउँपालिकामा गमगढी सोरु लोगमार्ग  स्तरउन्नती नहुँदा हरेक वर्ष यहाँका नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । नागकिको सहजका लागि सडक स्तरोन्नति गर्नलाई नत पालिकाले चासो राख्छ । कर्णाली  प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री मङ्गल बहादुर शाहीको गृह पालिकामा यस्तो अवस्था छ भने जिल्लाका अन्य पालिकाको हालत के होला उहाँको भनाइ छ ।