• २३ वैशाख २०८१, आइतबार

तम्घासमा क्रिकेट प्रतियोगिता हुँदै

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत २४ गते ।
 तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ । पुल्चोक स्पोर्टस क्लबको आयोजनामा यही चैत २८ देखि वैशाख १ गतेसम्म ‘पुल्चोक लिग सिजन ३’ को अवसरमा क्रिकेट प्रतियोगिता हुन लागेको बताइएको छ ।

लिग सञ्चालनका लागि क्लबले एक कार्यक्रमको आयोजना गरी विभिन्न चार क्लबबिच खेलाडी छनोट कार्यक्रम समेत गरेको छ । पुल्चोक स्पोर्ट क्लबले अनलाइन आवेदनको आधारमा ५३ खेलाडीको नाम छनोट गरिएको छ । खेलाडीहरूलाई दुविचौर टाइगर्स, इडिफाई मिलनचोक, ब्रोदर्स एक्स रोइला र पुल्चोक तम्घासले विभिन्न मूल्यमा खरिद गरेका छन् ।

सबैभन्दा धेरै रेसुङ्गा नगरपालिका–१० का प्रमिस पुनलाई ४० हजार पोइन्ट्समा पुल्चोक तम्घास क्लबले खरिद गरेको छ । प्रतियोगितामा एक टिमले सबै टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, मेडल र प्रमाण पत्र एवम् द्वितीय हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।