• २३ वैशाख २०८१, आइतबार

फ्रेन्डसिप कप : नेपाललाई बरोडाले दियो १५७ रनको चुनौती

blog

काठमाडौं - चैत २३ गते । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी-२० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा बरोडाले नेपाललाई १५७ रनको चुनौती दिएको छ। अन्तिम दुई ओभरमा करण केसी र आकाश चन्दले खराब बलिङ गर्दा नेपालविरुद्ध बरोडाले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

नेपालका लागि गुल्सन झा र करण केसीले समान २/२ विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान १/१ विकेट हात पार्नुभयो। 

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर ब्याटिङ गरेको थियो। १५७ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। 

बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगिसकेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेसँगै लगातार तीन खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

त्रिकोणात्मक सिरिजको फाइनल आइतबार हुनेछ । बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनलमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।