• १८ वैशाख २०८१, मङ्गलबार

जुम्लाको निःशुल्क आँखा शिविरमा सात सय लाभान्वित

blog

जुम्ला, चैत २२ गते । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो ।

रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त  शिविर नेत्रज्योति सङ्घको प्राङ्गणमा सञ्चालन भएको सङ्घका सचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो । आँखा शिविर विशेष गरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो ।

शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आँखाको जाँच गरिएकामध्ये एक सय २७ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा डा कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा जाँच तथा शल्यक्रिया गरेको सचिव हमालले बताउनुभयो । रासस