भाषा, साहित्य र संस्कृति मानव जीवनको सबैभन्दा उत्कृष्ट एवं सुन्दर पक्ष हुन् । मानव जीवनको पहिचान, चेतना, छवि, मूल्यमान्यता, विचार, दृष्टिकोण र सामाजिक दर्शनसहित एक प्रकारको ऐना जस्तै हुन् । भाषा र साहित्य ज्ञानको स्रोत हो भने संसारलाई जोड्ने दक्ष इन्जिनियर पनि हुन् ।
कला, साहित्य, संस्कृति, भाषा, शिक्षा, श्रमको अथक परिश्रम, त्याग र बलिदानले रङ्गीन रङहरूबाट रङ्गिएर जीवन्त राखिएको हुन्छ । यसलाई जीवित राख्नु प्रत्येक मानव जातिको मुख्य कर्तव्य र दायित्व हो । यसलाई सामाजिक विकासको पहिलो पाइला पनि भन्न सकिन्छ । सामाजिक एकता र राष्ट्र निर्माणका लागि सामाजिक सद्भावसहित उत्तम कलात्मक विज्ञान पनि हो । त्यसैले भाषा, संस्कृति र साहित्यलाई सामाजिक ज्ञानको सर्वोच्च कमान्डर पनि भन्न सकिन्छ ।
बङ्गलादेशमा राखिएको त्रिदेशीय यस्तो उत्कृष्ट र ज्ञानबर्धक कार्यक्रममा सहभागी हुन पाउँदा खुसीले गदगद हुँदै नेपाली भूमिबाट स्वीकृति लिएर बङ्गलादेश भूमितर्फ प्रस्थान ग¥यौँ । बङ्गलादेश सिजेयु नामक संस्था एवं बिन उन्नयन परिषद्का अध्यक्ष सीताराम बिनद्वारा आयोजित त्रिदेशीय नेपाल, भारत, बङ्गलादेशको कार्यव्रmम २०२४ मार्च ३ मा ‘भाषा, साहित्य, सांस्कृतिक महोत्सव’ र साथै मार्च ४ मा आयोजित ‘पहिलो त्रिदेशीय बिन जनजाति आदिवासी सम्मेलन’ बङ्गलादेशको प्रमुख अतिथिका रूपमा मलाई (पूर्व ऊर्जा राज्यमन्त्री, नेपाल सरकार) निमन्त्रणा प्राप्त भएको थियो ।
त्यसमा सहभागी हुन मेरो नेतृत्वमा मेरा स्वकीय सचिव जितेन्द्रप्रसाद बिन तथा सञ्चारकर्मी भीम घिमिरे, बुद्धिबहादुर विश्वकर्मासहित चार जनाको टोली स्थलमार्ग हुँदै बङ्गलादेश प्रस्थान गरेका थियौँ । यस कार्यक्रममा भारत बिहारका पूर्व कृषि निर्देशक गणेशकुमार बिन्द, नेपालका तर्फबाट निषाद सङ्घका अध्यक्ष रघुनाथ साहनी र बिहारका भाजपा नेता लभकिशोर निषाद विशेष अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थ्यो तर कुनै कारणवश उहाँहरू जानु भएन ।
स्थल मार्गबाट बस यात्रा सुरु ग¥यौँ र मार्च १ गते बिहान ९ बजे काँकडभिट्टाबाट अध्यागमन सकेर चिया खाजा खाएपछि भारतको पश्चिम बङ्गालको पानीटङ्की अध्यागमन पुग्यौँ । त्यहाँबाट फूलबारी अध्यागमनबाट ‘एक्जिट इमिग्रेसन’ लिएर बङ्गलादेश प्रवेश ग¥यौँ । यसबिच निकै रमाइलो नेपाली चालक प्रेम प्रधानले आफ्नै कारमा यात्रा गराउँदै फूलबारीसम्म हामीलाई पु¥यायो ।
हाम्रो टोली बङ्गलादेशको सिमानामा रहेको अध्यागमन कार्यालय पुग्यो र त्यहाँ हामीले कागजातहरू मिलायौँ । त्यहाँ जाने क्रममा बङ्गाली भाषा बोल्ने एक जना युवक हामीकहाँ आएर अध्यागमन, बसको टिकट आदिका बारेमा सोधपुछ गर्न थाले र उनले इमिग्रेसनमा सहयोग गरे र गोप्य रूपमा केही पैसा पनि लिए । फर्केपछि फिर्ता गर्ने सर्तमा एक थान सिमकार्ड पनि उपलब्ध गराए ।
यसैबिच हामीले ढाकाबाट चिकित्सा शिक्षा पूरा गरेका धनुषावासी नेपालकै डा. विक्रान्त महासेठसँग बङ्गलादेशको अध्यागमन कार्यालयमा भेट्यौँ र चिनजान भयो । डाक्टर साहेबसँगको चिनजानले यात्रामा सहजता अनुभूति हुन थाल्यो ।
साँझ करिब ७ बजे हाम्रो यात्रा बङ्गलादेशको राजधानी ढाकातर्फ सुरु भयो । सूर्यास्त र अँध्यारोबिच लुकामारी गर्दै हाम्रो गाडी अगाडि बढ्यो । करिब १३ घण्टाको लामो यात्रापछि हामी ढाका पुग्यौँ । कार्यक्रम आयोजकसँग फोनमा कुराकानी भयो, उहाँको सल्लाह अनुसार ढाकामा एउटा लजमा बास बस्यौँ । दुई÷तीन घण्टा नबित्दै हामीलाई आयोजकबाट फेरि खबर आयो कि तपाईंहरू मौलबी बजार आजै आउनुभएको भए राम्रो हुने थियो । भोलिको कार्यव्रmम तयारीका लागि सहज हुन्थ्यो । त्यसपछि हामी मौलबी बजारका लागि तयार भयौँ । त्यतिबेला बेलुका साढे ४ बजिसकेको थियो । डाक्टर साहेबले हामीलाई छाडेर जानुभएको थियो, भाषाको अप्ठ्यारो थियो र हामीलाई कुन स्टेसनबाट मौलबी बजार जाने हो थाहा थिएन । ढाकामा एक जना साथीले हामीलाई लिन आउने कुरा थियो तर फोनमा सम्पर्क हुन सकेन । यस अवधिमा हाम्रो मनमा धेरै उथलपुथल भयो । त्यसपछि नेपाली दूतावासमा राजदूतसँग फोनमा कुराकानी गरे र उहाँको सहयोगमा हामी सजिलैसँग मौलबी बजारसम्म पुग्ने सार्वजनिक यातायातको चोकमा पुग्यौँ ।
त्यहाँबाट बसको टिकट लिएर छ घण्टाको यात्रापछि हामी गन्तव्यमा पुग्यौँ । त्यहाँ आयोजक टोलीका अध्यक्ष सीताराम बिन, अगुवा नेताहरू सन्दीप यादव, सञ्जय पासी, पुरन उराव, बनानी म्याडम, बङ्गलादेशका वरिष्ठ पत्रकार तथा लेखक मीर अब्दुल अलिम, पश्चिम बङ्गाल भारत निवासी प्राध्यापक डा. प्रदीप अधिकारीसहित ५० जना युवकले हामीलाई हार्दिकतापूर्वक स्वागत गरे । मौलबी बजारको एउटा प्रसिद्ध रेस्टुरेन्टमा खाना खायौँ, त्यहाँ केहीबेर कुराकानी पनि भयो । त्यसपछि सरकारी अतिथि गृह अर्थात् सर्किट हाउसतर्फ प्रस्थान ग¥यौँ ।
मार्च ४ को बिहानै सर्किट हाउसका पदाधिकारीहरूद्वारा पुष्पगुच्छासहित स्वागत गरियो । हामीले चिया र नास्ताको खायौँ । आयोजक साथीहरूसँग सामाजिक मनोविज्ञान, भाषा, संस्कृति र सामाजिक अन्तरविरोधका विषयमा केही बेर छलफल भयो । त्यसपछि हामी कार्यक्रम स्थलतर्फ लाग्यौँ, त्यहाँ उपस्थित असङ्ख्य भिडले भव्य स्वागत ग¥यो । त्रिदेशीय कार्यव्रmम औपचारिक रूपमा प्रारम्भ भयो । बङ्गलादेशको राष्ट्रिय धुन र गीत, त्यसपछि भारतको राष्ट्रिय धुन र गीत, त्यसपछि नेपालको राष्ट्रिय धुन र गीत बजाइएको थियो ।
सुरुमा मुस्लिम समुदायको ध्वनि अलजान र पछि हिन्दुको मूलमन्त्र गीता पाठबाट कार्यक्रम शुभारम्भ भयो । कार्यक्रमको अध्यक्षता सीताराम बिन, प्रमुख अतिथि म (नेपालका पूर्व ऊर्जा राज्यमन्त्री), विशेष अतिथि बङ्गलादेशका राष्ट्रिय पार्टीका सांसद मोहम्मद जिलिलु रहमान हुनुहुन्थ्यो । यसै गरी विशेष अतिथिका रूपमा नेपाल, भारत, बङ्गलादेशका विभिन्न प्रतिष्ठित व्यक्तित्व, सुरक्षा अधिकारी, शिक्षाविद्, अधिकारकर्मी, साहित्यकार, कलाकार, लेखक, गीतकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
यो कार्यव्रmममा हरेक जातीय एवं सांस्कृतिक पहिचान, पहिरनको महोत्सव मनाउने कार्यक्रम थियो । आआफ्नै अनुपम सौन्दर्य, मनमोहक दृश्य र जातीय पहिचानले कलात्मक ढङ्गले सजाइएको थियो । करिब २० हजारको सङ्ख्यामा रहेको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण थियो । सञ्चारकर्मीका क्यामेराले पटक पटक हामीलाई हेरिरहेको थियो ।
साँच्चिकै एक किसिमको सौन्दर्यले भरिपूर्ण भाषा, साहित्य, कला सांस्कृतिक मञ्च थियो; जसले बङ्गलादेशको भूमिबाट आफ्नो सुन्दर सभ्यता र भव्यताले आफ्नो अमिट छाप छोडेर नेपाल, भारत र बङ्गलादेशको छवि विश्वभर नै फैलाइरहेको थियो । आफ्नो कला, गीत, नृत्य र पहिचानसहित त्यो दृश्य हेर्दा शालीनता, सभ्यता र भव्यताले भरिएको पर्व साँच्चै नै स्मरणीय, अनुकरणीय र सामाजिक चेतनाले भरिपूर्ण थियो भन्ने लाग्छ ।
उक्त कार्यक्रममा मैले बङ्गलादेशको सम्मानित संस्था ‘चा जनगोष्ठी सङ्गठन’ को तर्फबाट सामाजिक राजनीतिक कार्यकर्ताको हैसियतमा एक जनाले मात्रै पाउने अवार्ड ‘मौलाना भसानी अन्तर्राष्ट्रिय अवार्ड २०२४’ पाउने सुअवसर प्राप्त गरेँ । यो मेरो सामाजिक राजनीतिक जीवनको महìवपूर्ण एवं गौरवपूर्ण क्षण थियो, सम्मानित हुँदा गौरवान्वित अनुभूति गरे ।
त्यसपछि बङ्गलादेशका वरिष्ठ पत्रकार तथा लेखक फोरमका महासचिव मिर अब्दुल आलिमले मलाई मार्च ५ मा दुई वटा पत्रिकाको वार्षिकोत्सव र एक टेलिभिजन च्यानलको उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा मलाई आमन्त्रित गर्नुभयो । तीनै देशका लागि कार्यक्रम अविस्मरणीय उदाहरण बनेको छ । प्रत्येक जातजातिको गीत, सङ्गीत, कविता र कलात्मक प्रस्तुतिसहित समापन भएको थियो । खाना खाएर हाम्रो टोली सर्किट हाउस पुग्यो । केही समयपछि शमशेरगन्ज गाउँमा बिन जातिको शुभविवाह समारोहमा उपस्थित भई वरबधुलाई सुखी दाम्पत्य जीवनको शुभ आशीर्वाद दिने मौकासमेत प्राप्त भयो । त्यो वैवाहिक समारोह नेपाल वा भारतभन्दा केही फरक देखिएन ।
गीतमङ्गल एउटै थियो, डाला, मौर, संस्कार, आनीबानी सबै उस्तै उस्तै थियो । भोजपुरी भाषा सुनेर हामी बङ्गलादेशमा होइन, आफ्नै देश र गाउँमा भएको अनुभूति भयो । बङ्गलादेशमा धर्मको हिसाबले, इस्लाम (मुस्लिम), अल्पसङ्ख्यक हिसाबले हिन्दु, बौद्ध, सिख र ईसाईको पनि उपस्थिति रहेको बुझियो ।
हाम्रो टोली जहाँ गए पनि मिश्रित जातजातिको बसोवास हिन्दु, मुस्लिम र सबै जातजातिको मिश्रण समाज भेट्यौँ । यादव, बिन, मलाह, बनिया, तेली, कलवार, नुनिया, स्वर्णकर, पासी पासवान, चमार रविदास, उराव, राजवंशी, कुर्मी, कानु, नाई, लोहार, बढई, कहार, कोल्ह, ताजपुरिया, मोची, नेपाली, ब्राह्मण, राजपुत, भूमिहार, धोबी, अमात, मण्डल, खाट्बे, कुम्हार, लोधी, केवट, गङ्गोई, तुरहा, तत्मा, डोमी आदि जातजातिको बसोबास रहेको बताइयो । तीमध्ये अधिकांश भारतको उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, पश्चिम बङ्गाल र नेपालबाट आएर बसोवास गरेका हुन् ।
यसअघि मार्च ४ मा नेपाल, भारत र बङ्गलादेशको पहिलो त्रिदेशीय बिन जनजाति सम्मेलन शमशेरगन्जमा दुर्गा मन्दिरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भयो । समाजको विकास, शिक्षा, राजनीति, आपसी सहयोग र सद्भावका नारासहित सम्मेलन सम्पन्न भएको थियो । त्यस क्रममा बङ्गलादेशको प्रतीकात्मक मायाको चिनो हामीलाई र हामीले नेपाली मायाको प्रतीकात्मक चिनो एकआपसमा साटासाट गरेका थियौँ । त्यसपछि हामीले सीतारामजीको गाउँमा गएर त्यहाँको संस्कृति, भाषा र जीवनशैलीबारे जानकारी हासिल ग¥यौँ । केही बेर एउटा झिलमा र मनमोहक चिया बगानमा घुम्दा मन आनन्दित भयो । त्यहाँ रात्रिको खाना खाएर हामी फेरि सर्किट हाउसतर्फ लाग्यौँ ।
मार्च ५ मा बिहान ढाकाको अल रफी अस्पतालका अध्यक्ष अब्दुल अलिम सरसँग सितलोखा टेलिभिजन, जेजेटिभी अनि धेरै पत्रकार साथीसँग भेट भयो । सँगै चिया–नास्ता खाएपछि उहाँहरूसँगै रूपगन्ज प्रेस कलब ढाकातर्फ लाग्यौँ । त्यहाँका सरकारी अधिकारीहरू तथा ढाकाको सयौँ पत्रकारको उपस्थिति थियो ।
प्रहरी उपरीक्षक, समाजसेवी तथा अधिकारकर्मीहरूको उपस्थितिमा न्यानो स्वागत गरिएको थियो । त्यसपछि दुई वटा बर्थ डे केक काटेर दुई प्रतिष्ठित पत्रिकाको वार्षिकोत्सव मनाउने अवसर प्राप्त भयो । दुवै पत्रिकाको सत्य, तथ्य र निरन्तर सामाचार सम्प्रेषणका लागि शुभकामना दिँदै नेपाल र बङ्गलादेशबिचको मित्रता, विद्युत् व्यापार, कृषि व्यापार र दुई देशबिचको आपसी सद्भावका विषयमा शिष्टाचार छलफल भएको थियो ।
त्यहाँबाट हाम्रो टोली मिर अब्दुल आलिमको नेतृत्वमा एक जना वरिष्ठ पत्रकारको पितृभोजमा सामेल भयो । केही समयपछि बङ्गलादेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक समिम आरा हसन म्याडमको आयोजनामा प्राध्यापक र ऊर्जाविद्हरूको उपस्थितिमा दुई वटै देशको शिक्षानीति र ऊर्जा उत्पादन तथा व्यवस्थापन, व्यापार नीतिबारे चासोका साथ शिष्टाचार भेटघाट तथा छलफल भयो ।
बङ्गलादेशको भ्रमण मेरो लागि उत्कृष्ट र अद्वितीय सम्झना भयो । एक साताको भ्रमणमा हामीले भौगोलिक परिवेश, भाषा, संस्कृति र मानिसको आनीबानीलाई नजिकबाट चिन्यौँ । धानबारीको हरियाली र चिया बगानको मुस्कानले साँच्चै एउटा सुनौलो पहिचान दिइरहेको थियो ।
भाषा संस्कृति मनमोहक देखिन्थ्यो । बिदाइ हुँदाको क्षण पुनः आउने आशा लिएर बङ्गलादेशका साथीहरूका आँखाभरि आँसुको भाव झल्किन्थ्यो । छोटो बसाइ र भ्रमणमा हाम्रो प्रगाढ माया बसिसकेको थियो । प्राकृतिक मुस्कान र सामाजिक सद्भावले मन आनन्दित थियो । हर्ष र उत्साहका बिच हाम्रो यात्रा कठिनाइपूर्वक भए पनि अविस्मरणीय मात्र नभएर प्रेरणाको सुन्दर उदाहरण बनेर रह्यो । जीवन र जगत्लाई बुझ्ने एउटा अवसर पनि बन्यो । समग्रमा हाम्रो भ्रमण जीवनको अविस्मरणीय क्षण बन्यो ।