• १३ साउन २०८१, आइतबार

नेता तथा कार्यकर्ताका प्रिय नेता खुमबहादुर

blog

कार्यक्रममा सम्बोधन गर्नुहँदै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, चैत १६ गते। नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुटाे मुद्दा लगाएर राजनीति सिध्याउने काम भएको बताउनुभएको छ। 

दाङको देउखुरीस्थीत लमही नगरपालिका–९ अमिलियामा स्थापना गरिएको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री स्वर्गीय नेता खड्काको शुक्रवार शालिक अनावरण गर्दै सभापति देउवाले सङ्कटको समयमा जोखिम मोल्न सक्ने निडर, विकासप्रेमी र जनताका प्रिय नेता भएको बताउनुभएको थियो। 

उहाँले सानै उमेरमा देश र जनताको परिवर्तनका लागि जीवनको प्रवाह नगरेर आन्दोलनमा होमिएका नेता खड्काको बढ्दै गएको राजनीतिक प्रभावलाई सक्ने गरी झुटो मुद्दा लगाएर फसाउने काम भएको बताउनुभयो। 

स्वर्गीय नेता खड्काको पूर्ण कदको शालिक अनावरण कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो,‘कार्यकर्ता माझमा प्रिय, कुशल सङ्गठक एवं नेता खड्काको राजनीतिक जीवन सक्ने गरी पार्टीभित्रसँगै देशी तथा विदेशी शक्तिबाट फसाउने काम भएको हो। त्यही समयमा उहाँको स्वास्थ्यमा पनि समस्या आयो र अन्ततः हामीले एक योद्धा गुमाउन पुग्यौं।’

पार्टी सभापति देउवाले पार्टीको सङ्गठन निर्माणसँगै जनताका समस्या बुझ्ने नेता खड्काको भएको बताउनुभएको थियो। मिर्गौला, छाती र नसाको समस्याबाट पीडित नेता खड्काको २०७४ साल चैत १६ गते भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।