रामबहादुर विक
मार्तडी,(बाजुरा) जेठ २ गते । कर्णाली काेरिडोरमा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिक–६ सिउडी खोलास्थित कर्णाली नदीमा जिप दुर्घटना भएको हो ।
कोल्टीबाट धुलाचौर तर्फ जाँदै गरेको म. १ ज. २३३ नम्बरको जिप अनियन्त्रीत भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले बताउनुभयो ।
उहाँका अनुसार चालक सबिन बोहराले चलाएको जिप एक सय ५० मिटर तल खसेको र रुखमा अड्किएको बताउनुभयो । चालक सहित जिपमा सवार छ जना घाइते भएको सुचना अधिकारी बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरूको कोल्टी अस्पताल उपचार भइरहेको छ ।