• २ जेठ २०८२, शुक्रबार

प्रदेश सभाको छैटौं अधिवेशन आह्वान

blog

सुदूरपश्चिम प्रदेश सभा भवन। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २ गते। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको छैटौं अधिवेशन आह्वान गर्नु भएको छ। 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ ११ गतेबाट सुरु हुने गरी प्रदेश सभाको छैटौं अधिवेशन आह्वान गर्नु भएको हो। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। 

छैटौं अधिवेशन विशेष गरेर प्रदेशको नीति तथा कार्यक्रम र बजेटसँग सम्बन्धित हुने छ। यो अधिवेशनलाई बजेट अधिवेशनको रूपमा पनि लिने गरिन्छ। 

प्रदेश प्रमुखले आह्वान गरे अनुसार जेठ ११ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो।