• १३ साउन २०८१, आइतबार

६२ वर्षीय वृद्ध एसइईमा सहभागी

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १६ गते । गुल्मीबाट ६२ वर्षीय एक वृद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनुभएको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोट दहका टीकाबहादुर कुँवर एसइईमा सहभागी हुनुभएको हो ।

यस जिल्लाका चार हजार ९७ परिक्षार्थीमध्येका ६२ वर्षीय कुँवर एक हुनुहुन्छ । पुर्कोट दहस्थित पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका परिक्षार्थी हुनुभएका उहाँले सोही गाउँपालिकाको वडा नम्बर-४, म्यालपोखरीस्थित मेहेलपोखरी माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट परिक्षा दिनुभएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिनुभयो ।

पढ्ने चाहना हुँदाहुँदै विशेष परिस्थितिले पढाइ रोकिएको भन्दै आफूले सानो उमेरमा देखेको सपनालाई पूरा गर्न नातीसँगै परीक्षा दिन लागेको परीक्षार्थी कुँवरले बताउनुभयो । उहाँका नाति अङ्कित कुँवर पनि पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका परिक्षार्थी हुन् ।