• १३ साउन २०८१, आइतबार

एसइईको लागि १७६ जना जनशक्ति परिचालन

blog

हिमज्योति मावि सर्केगार्डमा गत वर्ष परिक्षा दिँदै परिक्षार्थी ।

राजन रावत

हुम्ला, चैत १४ गते । हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७६ जना जनशक्ति परिचालन हुने भएका छन् । कार्यालय सहयोगीदेखि केन्द्र अध्यक्षसम्म परीक्षा सञ्चालनका लागि ती जनशक्ति परिचालन भएका हुन् । 

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले यस पटकको एसइई परीक्षाका लागि जनशक्ति परिचालन गर्ने कार्य पुरा भएको बताउनुभयो । उहाँका अनुसार परीक्षाका लागि छ जना केन्द्र अध्यक्ष, आठ जना सहायक केन्द्र अध्यक्ष, साठी जना निरीक्षक, बाह्र जना कार्यालय सहयोगी र प्रति परीक्षा केन्द्र पन्ध्र जना सुरक्षाकर्मी गरी नब्बे जना सुरक्षाकर्मी खटिने भएका छन् । 

जिल्लामा छ वटा परीक्षा केन्द्र तोकिएको छ । सबै परीक्षा केन्द्रमा केन्द्र अध्यक्ष, प्रश्नापत्र, उत्तर पुस्तिका पुगिसकेको छ । बिहीबारबाट हुने परीक्षामा एक हजार १९५ जना परीक्षार्थीको सहभागिता हुनेछ । यसमा एक हजार १८८ जना नियमित र सात जना ग्रेडबृद्धिका परीक्षार्थीहरू रहेका छन् । परीक्षार्थीहरू मध्ये ५९१ छात्रा र ६०४ छात्र रहने जिल्लाका २८ वटा माविका परीक्षार्थीहरूले परीक्षामा सहभागिता जनाउने छन् ।