• १६ वैशाख २०८१, आइतबार

सप्तरीमा ८२.४ प्रतिशत राजश्व सङ्कलन

blog

देवरामप्रसाद यादव
सप्तरी, चैत ६ गते ।
 सप्तरीको राजविराज भन्सार कार्यालय बेल्हीले नेपाल सरकारको लक्ष्य अनुसार ८२.४ प्रतिशत राजश्व सङ्कलन गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्ममा पाँच करोड ३३ लाख ३० हजार ७९५ (८२.४) प्रतिशत राजश्व सङ्कलन गरेको हो । यस आव सरकारको राजश्व लक्ष्यमा कार्यालयले ६ करोड ५० लाख ३५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालयका सूचना अधिकारी अजय प्रकाश भगतका अनुसार कर्मचारीको समस्या,  खुल्ला सिमाना, बाटोको समस्यालगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता मिलेको बताउनुभयो । 

उहाँले जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कारोबारबाट ०८०/८१ मा सो परिमाणको राजश्व सङ्कलन भएको छ । खुल्ला सिमाना कारण गाउँको बाटोबाट भित्रिने मालसामानको छोटी भन्सार पुनर्स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार कार्यालय बेल्ही र पातो मात्र सञ्चालनमा छन् ।

सप्तरीको सिमाना भारतसँग खुला रहेकोले साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको छिन्नमस्ताका स्थानीय विनोद यादवले बताउनुभयो । उहाँले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भइरहेकाले राज्यलाई लाखौँको नोक्सानी भएको बताउनुभयो ।