• १३ साउन २०८१, आइतबार

स्ववियू निर्वाचनको एक वर्ष पूरा

blog

काठमाडौँ, चैत ५ गते । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको एक वर्ष पूरा भएको छ । गत वर्ष त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियू निर्वाचन भएको थियो । 

देशभरका ६२ वटा आङ्गिक क्याम्पसहरूमध्ये २०७९ चैत ५ गते ४४ आङ्गिक क्याम्पसहरूमा निर्वाचन भएको थियो । १३ क्याम्पसमा भने अवरोध सिर्जना भएको थियो । एक वर्षको अवसरमा स्ववियूहरूले क्याम्पसहरूले सहकार्य र सहयोग नगरेको आरोप पनि लाग्दै आएको छ । 

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको थियो। 

त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको थियो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुँदै आएका छन् ।