दुई महिनामै पाँच हिमाल आरोहण गरी विश्वकीर्तिमान
आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्वकीर्तिमान बनाउनुभएको छ । संखुवासभा मकालुका ३१ वर्षीय शेर्पाले शुक्रबार विहान विश्वकै अग्लो हिमाल केटुको आरोहण गरेसँगै उहाँ छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बन्नुभएको हो ।
पर्यटकको पर्खाइमा चिडिया ताल
कैलालीको घोडाघोडी नगरपालिका – २ साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पूर्ब–पश्चिम राजमार्ग देखि करिब ३०० मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ । तालको वरपर अन्य साना ठूला गरी १२ वटा ताल समेत छन् ।
सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने सरकारको घोषणा
सरकारले सन् २०२३/२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ ।
तारागाउँ रिजेन्सी होटल्सको जग्गा प्रकरण, निर्देशन नै अलपत्र
तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन दिएको निर्देशन तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। बरु विभिन्न निकायले सो विषयमा छानबिन समिति बनाउँदै प्रतिवेदन तयार गर्ने काम मात्र हुँदै आएको छ।
कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी
प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।
म्याग्दीलाई पर्यटन हब बनाउने जमर्को
हिमाली जिल्ला म्याग्दीलाई साहसिक पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ। गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी जिल्लाभित्रका पर्यटकीय स्थलमा पूर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सकिने बताउनुभयो। बाहिरबाट आउने पर्यटकले अहिले कुस्मा अनि मुस्ताङ मात्रै थाहा पाउने तर बेनीको महत्त्व हराउँदै गएको हो कि भन्ने पर्न लागेकोले यहाँ अडिनका लागि उचित संरचना तयार गर्नुपर्ने केसीको भनाइ थियो।
दक्षिण कोरियामा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको उद्घाटन
नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
विश्वकै एक्ला आरोही सानु शेर्पा, दोहोर्याएर अग्ला १४ हिमालको आरोहण
विहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ ।
पर्यटकको बसाइ लम्ब्याउन सहकार्य
पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् । कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको अवस्थामा पोखराको नयाँनयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गर्नुपर्ने उहाँहरुको जोड छ ।
पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गरिन्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टूरिजम कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
निःशुल्क हिमाल चढ्न कसैकाे गएन चासाे
कर्णाली प्रदेशको पर्यटन समृद्धिसँग जोडिएको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको योजना अधुरो बनेको छ ।
पोखरा–जोमसोम उडान ठप्प
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा वन्द गरेपनि उठान ठप्प भएको छ ।
‘बिरामी चुरेलाई झन् बिरामी पार्ने काम भएको छ’
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राष्ट्रपति चुरे संरक्षण आयोजनामा चुरे क्षेत्रमा भइरहेको उत्खननले चुनौति थपिएको विज्ञको भनाइ छ । चुरेसम्बन्धी जानकार तथा अनुसन्धानकर्ता डा. विनोद भट्टले चुरे क्षेत्रको सरकारले संरक्षण गर्ने भने पनि त्यसतर्फ ध्यान नदिएको बताउनुभयो । चुरे क्षेत्र अन्त्यन्तै संवेदनशील क्षेत्र भएकाले यसको संरक्षण गर्नु सरकारको दायित्व भएपनि त्यसतर्फ खासै ध्यान नदिएको उहाँको आरोप रहेको छ ।
पर्यटक आवागमन बढेसँगै ब्यूँतिदैं खुम्बु पर्यटन क्षेत्र
कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ ।
प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न व्यवसायीको माग
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।
सङ्कटमा पोखराको प्याराग्लाइडिङ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । विमानस्थल सञ्चालनले यहाँका पर्यटन व्यवसायीलाई खुसीसँगै चिन्ता थपिदिएको छ । ठूला जहाज आउजाउ गर्दा प्याराग्लाइडिङको भविष्य के होला भन्ने कुरामा व्यवसायी चिन्तित हुन थालेका हुन् ।
नेपालमा भेटियो लोपोन्मुख कालो प्रजातिको गिद्ध
एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।
सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण
चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।
जङ्गलमा जलाशय : जनावरलाई पानी, कृषकलाई सिंचाइ
जिल्लाका अधिकांश क्षेत्रमा बनाइएका र बनाउन थालिएका जलाशयहरु वन जङ्गल क्षेत्रमा छन् । दाङ उपत्यकाको उत्तरी क्षेत्रमा बनाइएका त्यस्ता जलाशयबाट पानी सञ्चय मात्रै नभई जङ्गलमा रहेका पशुपंक्षीलाई पानी र कृषकलाई सिंचाई सुविधा हुँदैआएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
दोलखाको सोक्लामा रक क्लाइम्बिङ खेल सुरु
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ ।
पर्यापर्यटनका लागि विनियोजित पाँच करोड बजेट फिर्ता
डिभिजन वन कार्यालय सिरहाले प्राविधिक समस्या देखाई समयमै उपभोक्ता समिति गठन गर्न नसक्दा पर्यापर्यटन अन्तर्गत मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये झण्डै पाँच करोड रुपियाँ फिर्ता हुने भएको छ ।
अभिनेत्री पुनको सगरमाथा अनुभव
दिया पुनको हिमाल चढ्ने रहर सन् २०१८ बाट शुरु भएको हाे । सानैदेखि पासाङ लाम्हु शेर्पाको कथा सुन्दै हुर्किनुभएका उहाँको हिमालसँग छुट्टै लगाव थियो । र, यस बाहेक बेलायतमा हुर्के बढ्ने क्रममा जो कोहीको प्रश्न सगरमाथा किन नचढेको ? भन्ने हुन्थ्यो । चढेको छैन, भन्दा त्यहाँका मानिसहरु अच्चम पर्थे ।
स्थानीय परिकार प्रवर्धन गर्दै होमस्टे
गुल्मीमा रैथाने बालीबाट बनाइएका परिकार प्रवर्धन गर्न होमस्टे सञ्चालन गरिएको छ । रेसुङ्गा नगरपालिका–१३, उपल्लो भङ्गारीमा विगत तीन वर्षदेखि रैथाने बालीको परिकार प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेसुङ्गा होमस्टे सञ्चालन गरिएको हो ।