सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
चार महिनापछि खुल्यो सङ्घीय खानेपानी जुम्ला कार्यालयको ताला
जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए ।
एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट
नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी, सेवा प्रवाहमा समस्या
अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
बाँकेको कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण
बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
मकालु बेस क्याम्प घुम्न पुगेका कार्कीको निधन
मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
किसानले दुध दिन छाडेपछि धमाधम बन्द हुँदै चिस्यान केन्द्र
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दुध उपलब्ध गराउन छाड्दै गएका छन् ।
नगरबस थन्किँदा तीन करोडको क्षति
नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई सेवा प्रदान गर्ने भन्दै खरिद गरेका सात वटा नगरबस छ वर्ष नपुग्दै प्रयोगविहीन भई बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार वटा ४१ सिटे र तीन वटा ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ रुपियाँमा खरिद गरेको थियो । ती बसलाई उद्देश्य अनुरूप सञ्चालन गर्न नसक्दा खरिद गरेको छ वर्षमै प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।
घोराही–तुलसीपुर सडक विस्तार सुरु
दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । चार लेन सडक निर्माणका लागि सर्भेसँगै ‘भेरिफिकेसन’ को काम सकिएपछि चार लेन सडक विस्तारको काम सुरु भएको हो ।
इनास नेपालको सत्र सदस्यीय कार्यसमिति निर्वाचित
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।
योजना आयोगको उपाध्यक्षमा निरौला
कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगर महानगरपालिकाका तारानाथ निरौला नियुक्त हुनुभएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले
प्रदेश सभा बैठक अझै अनिश्चित : पुनर्निर्माणमा करिब एक करोड लाग्ने
सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन मर्मत कार्य भइरहेको छ ।
आफैँ भलमनसा आफैँ चौकीदार
थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथामा घर घर खबर पु¥याउनका लागि चौकीदार (चिरक्या) राख्ने चलन छ तर पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमनसाले नै चौकीदारको काम पनि गर्ने क्रम बढ्न थालेको छ ।
गुपचुपमै बुझियो पौने चार लाखको पुरस्कार
स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिनुभएको छ ।
दुर्गमा बन्यो छात्रावास र विद्यालय भवन
ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित दाङवाङ माध्यमिक विद्यालयमा छात्रावास भवन र विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकारको सहयोगमा १२ कोठे विद्यालय भवन र दस कोठे छात्रावास भवन निर्माण गरिएको हो ।
नयाँ टर्मिनल भवन वैशाखसम्ममा
आगामी नयाँ वर्ष २०८३ साल वैैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास गरिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार विमानस्थलको नयाँ टर्मिनलको
विवादका कारण बसपार्क प्रयोगविहीन
जुम्ला बसपार्क सात वर्षदेखि अलपत्र छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरे पनि जग्गा विवादले बसपार्क अलपत्र परेको हो । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनका लागि थुप्रै पटक छलफल गरे पनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको छ । २०७६ सालमा निर्माण भएको बसपार्कसम्म जाने सडक बनाउन जग्गाको विवाद सुल्झाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो । बसपार्क सञ्चालनमा नआउँदा सवारीसाधन सडकमै जथाभाबी पार्किङ हुने गरेका छन् ।
तीन प्रतिशत घर शौचालयविहीन
कर्णाली प्रदेशका सबै घरमा शौचालय निर्माण भएपछि विसं २०७५ असारमा खुला दिसामुक्त घोषणा गरिएकोमा अझै तीन प्रतिशत घरमा शौचालय नभएको पाइएको छ ।
चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ
बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो ।
सुशासन कायम गर्न पछि नहट्ने
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सुशासन कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडामा बुधबार भएको प्रदेश
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन
चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
भेडाको उनलाई कला र आम्दानीमा बदल्दै साम्दोका महिला
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोका महिलाहरुले भेडाको उनलाई कला र आम्दानीमा बदल्दै लगेका छन् ।