लमजुङ क्याम्पसमा विद्यार्थीले लगाए ताला
लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसमा विद्यार्थीहरुले तालबन्दी गरेका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत लमजुङ कृषि क्याम्पसमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको पुनः परीक्षा तालिकाप्रति आपत्ती जनाउँदै तालाबन्दी गरेका हुन् ।
घोषणापत्रमा आार्थिक मुद्दा
देशको फरक परिस्थितिमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । आवधिक हिसाबले यो निर्वाचन २०८४ सालमा हुनुपर्ने थियो । २०७९ सालमा भएको प्रतिनिधि सभाको समयावधि तीन वर्ष पनि पूरा हुन पाएको थिएन ।
नेपाली राजनीतिको गन्तव्य
गत भदौ २३ र २४ को जेनजी विद्रोहले नेपालका राजनीतिक दलहरू सकारात्मक गन्तव्यतर्फ लम्कन थालेको देखिन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा अधिकांश दलले एक्लाएक्लै चुनावमा जाने आँट गरेका छन् । मौसमले साथ दिनु प¥यो । सरकारले शान्तिसुरक्षाको वातावरण मिलाउनु प¥यो । हालसम्म यी सहज वातावरण तयार भइसकेका छन् । निर्वाचनको काम अगाडि बढिरहेको छ ।
मन्त्री शाहीको वडा प्रवेश गर्ने खोलामा पुल नहुँदा सास्ती
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडा प्रवेश गर्ने खोलामा पुल नहुँदा स्थानीय नागरिकले सधैँ सास्ती खेपिरहेका छन्।
मताधिकार प्रयोग
लोकतन्त्रको सबैभन्दा शक्तिशाली पक्ष नागरिकको मताधिकार हो । मताधिकार केवल चुनावी प्रक्रियामा प्रयोग हुने औपचारिक अधिकार मात्र होइन । यो राज्यको नीति, नेतृत्व, प्राथमिकता र भविष्यको दिशा तय गर्ने निर्णायक शक्ति पनि हो तर व्यवहारमा हेर्दा मताधिकारको प्रयोग प्रायः विवेकभन्दा भावनाले, विश्लेषणभन्दा पहिचानले र दूरदृष्टिभन्दा तत्कालीन लाभले निर्देशित भएको देखिन्छ ।
समको जन्मजयन्तीमा गल्याङ काव्य उत्सव
‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ मा अग्रज साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ ।
लक्षित वर्गको विकासमा एकीकृत सेवा कार्यालयको साथ
तत्कालीन सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय मिलेपछि बनेको एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षमा गर्ने सामाजिक क्षेत्रका क्रियाकलापको सार्वजनिकीकरण गरेको छ ।
नेपथ्यलाई दर्शकको साथ
नेपथ्यले बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङको प्रस्तुतिमा सुरुदेखि अन्तिमसम्मै तालमा ताल मिलाएर दर्शकले साथ दिएका थिए ।
श्रेष्ठलाई अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान
भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरले नेपालका नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
उम्मेदवारलाई बैंक खाता सञ्चालनका लागि निर्देशन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार–प्रसार खर्चको पारदर्शिता र वित्तीय अनुशासन सुनिश्चित गर्न निर्वाचन आयोगले बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ ।
विद्युत् उत्पादन घट्दै आयातमा चाप
सुक्खायामको मध्य समय लाग्दै गर्दा नेपालका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन न्यूनतम सीमातर्फ ओरालो लागेको छ । वर्षा पनि नभएको र हिउँ पग्लने समय पनि नआएकाले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादन न्यूनतम सीमातर्फ लागेको हो । हिँउदमा विशेषतः जलप्रवाही आयोजनाको विद्युत् उत्पादन क्षमतामा अत्यधिक कमी आउने गर्छ । खास गरी
ग्यास छ सहज छैन आपूर्ति
सरकारको संयुक्त बजार अनुगमन टोलीले उपत्यकाका बजारमा खाना पकाउने ग्यास सहज रूपमा नपाएको जनाएको छ । अनुगमनका क्रममा बजारमा ग्यास हुँदै नभएको नभई सहज रूपमा तुरुन्तै पाउन सक्ने अवस्था भने नरहेको पाइएको छ ।
इजरायल जाने बढ्दै
इजरायलमा युद्धको त्रास कम भएसँगै दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का लागि जान तयार दुई हजार ११२ जनामध्ये माघ १५ गतेसम्म एक हजार तीन सय नेपाली युवा इजरायल प्रवेश गरेका छन् । दोस्रो चरण रोस्टरमा रहेका दुई हजार ११२ जनामध्ये त्यो सङ्ख्याका युवा इजरायल प्रवेश गरेका हुन् ।
बागलुङमा नमूना मतदान अभ्यास
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सहज बनाउन बागलुङमा सुरक्षा निकायको संयुक्त नमूना मतदान अभ्यास सोमबार सम्पन्न भएको छ ।
७० प्रतिशत आयातकै भर
आगामी शनिबार मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे पाँच करोड रुपियाँ बराबरको चार लाख ५० हजार स्टिम गुलाफ खपत हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा मनाइने प्रणय दिवसमा बजारमा गुलाफको माग धेरै हुने भएकाले यो वर्ष पाँच करोड ६२ लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम
ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।
लगानीकर्तासँग छैन लगानीको योजना
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि पनि अर्बौंको क्षति भएपछि लगानीकर्तासँग नयाँ लगानीको योजना नरहेको पाइएको छ । त्यति मात्र होइन कतिपयले लगानीको योजना नै स्थगित गरेका छन् भने कोही पलायनको मनस्थितिमा पुगेका छन् ।
कुखुराको अवैध मासुसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले ग २ च १६७८ नम्वरको जिपमा राखेर वालिङबाट पोखरा तर्फ लैजादै गरेको अन्दाजी ४९५ केजी कुखुराको मासु बरामद गरेको हो ।
अन्तर्राष्ट्रिय विमान सेवाको सहभागिता खोजी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान सेवाको सक्रिय सहभागिताका आवश्यक हुने बताउनुभएको छ ।
भेडाबाख्रामा बढी खाएर हुने रोग पुष्टि
सल्यानमा मरेका भेडाबाख्रामा बढी खाएर हुने रोग (ओभर इटिङ रोग) पुष्टि भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा मरेका बाख्रा र भेडाबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्दा ‘एन्टेरोटोक्सेमिया टाइप डी पोजेटिभ’ देखिएको हो ।
विधेयकको नाममा मतभेद
विधेयकका नाममा सहमति नभएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक मसौदाको प्रतिवेदन पारित हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकमा प्रस्तावित नाम नै राख्नुपर्ने र समितिले नाम परिवर्तन गर्नुपर्ने अडान लिएपछि प्रतिवेदन पारित हुन सकेन ।
उपराष्ट्रपति यादवसँग जापानी राजदूतको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सोामबार नेपालका लागि जापानका राजदूत मायदा तोरूले भेट गर्नुभएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने
हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ९२ पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।