गुल्मी जिल्लाबाटै अंगीकृत नागरिकता वितरण सुरु
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाबाटै अंगीकृत नागरिकता वितरण सुरु गरेको छ । विगतमा जिल्ला प्रशासनले सिफारिस गरेर गृहमन्त्रालयबाट नागरिकता प्रदान गर्ने गरिएको थियो ।
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
जिल्लामा एचआइभी सङक्रमितको सङ्ख्या २१९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार एचआइभी सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै बागलुङ नगरपालिकामा रहेको छ भने सबैभन्दा थोरै ताराखोला गाउँपालिकामा रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन
पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन गरिएको छ ।
मतदान स्थल यातायातको पहुँचबाहिर
बाजुराका १० मतदान स्थल यातायातको पहुँचभन्दाबाहिर रहेको पाइएको छ । बाजुराका सतहत्तर मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका वडा नम्बर ३ हिमाल भक्ति मतदान केन्द्र निकै दुर्गम छ । अहिलेसम्म यहाँ न बिजुली छ न सडक यातायातको सुविधा रहेको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल बढुवालले बताउनुभयो ।
सल्यानमा बोलेरो जिप दुर्घटनाः चालकको मृत्यु, तीन घाइते
सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
सुवासलाई ११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता
बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गर्नुभयो ।
लमजुङमा प्रत्यक्षतर्फ एक्लो महिला उम्मेदवार, मतदातासँग बेखबर
पुरुषभन्दा महिला मतदाता सङ्ख्या धेरै भएको लमजुङमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ एकजना मात्र महिला उम्मेदवार रहनुभएको छ । प्रत्यक्षतर्फका ११ पुरुष उम्मेदवारसँग एक्लो महिला उम्मेदवार निर्वाचनमा होमिनुभएको हो ।
चुनावी घोषणापत्र सार्वजनिक
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना चुनावी घोषणापत्र मतदातासमक्ष लैजान थालेका छन् । यसै क्रममा कैलाली क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले मङ्गलबार सुखडमा पत्रकार सम्मेलन गरी जनतामाझ लैजान थालेको आफ्नो चुनावी घोषणापत्रबारे जानकारी दिनुभयो ।
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ ।
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् ।
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ ।
अलपत्र मोटरेबल पुल निर्माण सुरु
महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण सुरु भएको छ ।
प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ ।
राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि
आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भाषा मर्दा ज्ञान प्रणाली पनि मर्छ : कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा मर्दा त्यससँग सम्बन्धित ज्ञान प्रणाली पनि मर्ने भएकाले भाषिक र सांस्कृतिक विविधताको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
देउखुरीको सिसहनियामा आज सिकलसेलको परीक्षण हुँदै
दाङको राप्ती गाउँपालिकास्थित सिसहनिया अस्पतालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार निःशुल्क सिकलसेल परीक्षण गर्ने भएको छ ।
कानुन कार्यान्वयन अवस्था
मानव सभ्यता सुरु भएदेखि नै कानुनको अवधारणा आएको हो । यद्यपि कानुन लिपिबद्ध गर्ने क्रम धेरै पछि मात्र सुरु भयो । मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमको सँगालोलाई कानुन भनिन्छ । समाजका क्रियाकलापलाई मर्यादित बनाउन लागु गरिएका आचारसंहिता नै कानुन हो । नागरिकका हक
दिगो विकासको मार्ग
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले देशमा सामाजिक समावेशी र विकेन्द्रीकरणको अवसर सिर्जना गरेको छ तर दिगो विकास गर्ने काम अधुरो नै छ । विकास भनेको केवल भौतिक संरचनाको निर्माण मात्र होइन; यो त मानि
चुनावमा महिला उम्मेदवार
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूले यस पटक पनि कन्जुस्याइँ गरे । प्रत्यक्षमा महिलाको उम्मेदवारीलाई बेवास्ता गर्दै ११ प्रतिशतमै सीमित गरे । प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधानको औपचारिकता पूरा गर्न समानुपातिकबाट पूरा गरेका छन् ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
सल्यानमा दुई हजार ६६९ किशोरीलाई एचपिभी खोप लगाइने
सल्यान जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।
आजको राशिफल
आजको राशिफल