समन्वयको अभावमा किसानसमक्ष पुगेन कृषि अनुसन्धान
कृषि तथा पशुपन्छीको क्षेत्रमा भएका अध्ययन तथा अनुसन्धानका विषय कृषकसमक्ष नपुगेको गुनासो आउने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूले अनुसन्धान गरेका हुन्छन् तर ती दराजमै तथा अनुसन्धान केन्द्रमै सीमित भएको गुनासो आइरहेका छन् । यस्तो गुनासो कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि गर्नुभएको छ । उहाँले पनि कृषि तथा पशुपन्छीको क्षेत्रमा महत्वपूर्ण अनुसन्धान भएका छन् तर त्यो कृषकसमक्ष नपुगेको गुनासो गर्नुभयो । त्यसले गर्दा उत्पादनमा प्रभाव परेको उहाँले बताउनुभयो ।
कलाकारको पहिचान र संस्कृतिको संरक्षण
पछिल्ला वर्षमा हिउँदको समय मेला/महोत्सवमय हुने गरेको छ । स्थानीय उद्योग वाणिज्य सङ्घ, विभिन्न सांस्कृतिक संस्था तथा स्थानीय निकायले समेत हिउँदको समयमा स्थानीय विशेषतासँग नाम जोडेर मेला/महोत्सव आयोजना गर्ने प्रचलन बढिरहेको छ । हिउँदे खेतीपाती लगाएर फुर्सदिलो भएका बेला लाग्ने मेला, महोत्सवले स्थानीय बजारको व्यापार, व्यवसायलाई चलायमान गराउँछ भने अर्कोतिर स्थानीय कला, संस्कृति तथा भाषाको संरक्षण गर्नमा योगदान दिएको हुन्छ । स्थानीय खाने परिकार, वेशभूषा तथा परम्परागत जीवनशैली झल्काउने प्रदर्शनी हुने गरेका छन् ।
आज देशभरका चलचित्र हल बन्द हुने
सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।
बाह्रबिसे सबस्टेसन निर्माणमा तीव्रता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । दुई महिनाभित्र सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड (जिआइएस) प्रविधिमा आधारित सो सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् भने २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू पनि राखिसकिएको र नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ ।
तयारी पोसाकको निर्यातमा सुधार
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला तयारी पोसाकको निर्यातमा भने सुधार आएको छ । कोभिडपछि घट्दै गएको निर्यात चालु आर्थिक वर्षमा आएर सामान्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले चालु आवको छ महिनामा पाँच अर्ब रुपियाँबराबरको तयारी पोसाकको निर्यात भएको तथ्याङ्कले देखाएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुस महिनासम्म तयारी पोसाकको निर्यात १६ प्रतिशतले बढेर चार अर्ब ९७ करोड १६ लाख रुपियाँबराबरको ७४ लाख ४० हजार थान तयारी पोसाक निर्यात भएको छ ।
कार्यतालिकामा चलाउने तयारी
सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ । संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।
उपनिर्वाचनको तयारीबारे छलफल
निर्वाचन आयोगले उपनिर्वाचनको तयारीबारे दुई जना उपप्रधानमन्त्रीसँग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्तले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधामन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित उहाँहरूकै कार्यालयमा छलफल गर्नुभएको हो ।
संसदमा गहकिलो बन्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत कुराको आलोचना र विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठक समापन गर्नुहुँदै उहाँले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले सदनमा सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेकाले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।
स्वकीय सचिव र सल्लाहकार नियुक्ति गैरकानुनी
स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।
गोरखापत्रकर्मी खान र बुढा पुरस्कृत
लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र रुकुमपूर्वका समाचारदाता जयमान बुढासहित १३ जना पत्रकारलाई बिभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ।
स्वास्थ्य चौकी भवनको उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
जङ्गली जनावरबाट बाली जोगाउन खेतमा बास
सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् ।
भिरकोटवासीको घर–घरमा खानेपानी
लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भिरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ ।
घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे
कैलालीको घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे पनि यसवर्ष सुदूरपश्चिमको तराई क्षेत्रमा रहेको प्रायः तालतलैयामा जलपन्छीको सङ्ख्या घटेको छ ।
विकासको मान्यताअनुसार अघि बढौँ : प्रमुख मिश्र
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश सङ्घीयताको जननी भएकाले विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा लाखौँ रकम ठगी गर्ने चार जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
बँदेलको आतङ्कले गाउँमा त्रास
यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।
फरार अभियुक्त पक्राउ
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।
वर्ष पुरुष र महिला खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि वर्ष पुरुष र महिला खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको छ ।
जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरी आमाको मृत्यु
बाजुराको जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याहा छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ ।
निर्धारित समयअगावै पुल निर्माण पूरा
पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।
भुटानमाथि नेपालको कठिन जित
नेपालले बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ ।
आइटिएफमा सुस्मिता र रिक्साङ च्याम्पियन
नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन बन्नुभएको छ ।
मिथिला बिहारी नगरपालिकामा तालाबन्दी
धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।