विश्वविद्यालय खेलकुदको तयारी पूरा
प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबार र मङ्गलबार दुई दिन चल्ने प्रतियोगितामा १० वटा विश्वविद्यालयको सहभागिता रहनेछ ।
होमियोप्याथीप्रति नागरिकको विश्वास बढेको छ तर सेवा अपुग
पछिल्लो समय होमियोप्याथी उपचार पद्धतिप्रति नागरिकको विश्वास बढेको पनि सेवा अपुग रहेको पाइएको छ । नेपालमा सङ्घीय सरकारको स्वामित्वममा रहेको ललितपुरस्थित श्री पशुपति होमियोप्याथी चिकित्सालय मात्र सीमित छ ।
'कांग्रेस सुधारमा युवा नेतृत्व आवश्यक'
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।
धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।
प्रिन्सलाई मोटरसाइकल उपहार
राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले मोटरसाइकल उपहार पाउनुहुने भएको छ ।
पातीहाल्नेमा हिउँ खेल्नेको भीड
बिहीबार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।
एसियन कप फुटबल : आयोजक कतार सेमिफाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको कतारले आइतबार राति भएको खेलमा उज्वेकिस्तानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
जुम्लामा हिमपात, जनजीवन प्रभावित
आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताउनुभयो ।
सुनसरीमा महिला हिंसाको घटना बढ्दो
सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने
अहिले देशका अधिकांश स्थानको मौसम बदली रही केही स्थानमा सामान्य वर्षा भएको छ ।
गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता
चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।
सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ ।
अवैध उत्खनन रोक्न स्थानीय अग्रसर
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीवासी अग्रसर भएका छन्।
निःशुल्क लोकसेवा तयारी कक्षा
वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो ।
आदिवासीको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गर्ने बताउनुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
गोरखा सिरानचोक गाउँपालिका-६ नयाँसाघुमा भएको निःशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी लाभान्वित भएका छन् ।
थारु लोकनृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारी हिसान सुनसरीले जिल्लास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
जनशक्ति र भौतिक पूर्वाधारको अभावमा आयुर्वेद स्वास्थ्य केन्द्र
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीलाई भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव भएकोे छ ।
निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चार केजी चरेससहित महिला पक्राउ
कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।
पर्यटन प्रवर्द्धनका लागि सडक फुड फेस्टिभल
मधेश प्रदेशमै पर्यटकीय नगरको पहिचान बनेको बर्दीबासमा अब सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) आयोजना गरिने भएको छ ।
कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण
नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।
गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार
गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा प्रदान गरेको छ ।