गाउँ गाउँमा स्थानीय सरकारको अनुभूति
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले वडा नम्बर १ र ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
गुणस्तरीय शिक्षाको मापन
नेपालमा सदावहार रूपमा नीति निर्मातादेखि शिक्षक, अभिभावक र विद्यार्थीले रटान लगाउँदै आएको एउटै कुरा हो, गुणस्तरीय शिक्षा । यसको मापनका बारेमा मापदण्ड के हो ? यसमा भने व्यक्ति अनुसार फरक फरक परिभाषा हुने गरेका छन् । व्यक्ति, समाज र राष्ट्रको जीवनमा गुणस्तरीय शिक्षाले सकारात्मक प्रभाव पार्ने भन्दै अनेकानेक बहस र छलफल भइरहेका हुन्छन् । गुणस्तरीय शिक्षाका बारेमा जसरी एकरूपताका साथमा आवाज मुखरित हुने गरेका छन् तर यसको मानक अर्थका बारेमा भने भिन्नाभिन्नै तर्क, विश्लेषण र व्याख्या सुनिँदै आएको छ ।
२५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास
भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।
अझै रोकिएन बालविवाह
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ ।
उखु किसानलाई हप्ता दिनमै भुक्तानी
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । प्रायः बेलैमा भुक्तानी दिएर अरू चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो ।
तेह्र वर्षदेखि अलपत्र जलविद्युत् आयोजनाको काम सुचारु
विगत १३ वर्षदेखि अलपत्र अवस्थामा रहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको काम सुचारु भएको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादनपश्चात् सरकारलाई ६२ करोड रुपियाँ तिर्ने गरी आयोजना सकारेपछि अलपत्र आयोजनाको काम सुचारु भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निर्माणको एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको छ । ४.०५ मेगावाट क्षमता रहेको आयोजनाको तीन हजार तीन मिटर लम्बाइको सुरुङ निर्माण हुनुपर्नेमा सोमध्ये दुई हजार चार मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको थियो ।
च्याउ खेतीतर्फ किसान आकर्षित
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
दसैँमा ‘ह्रस्व दीर्घ’
चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दसैँमा प्रदर्शन हुने भएको छ । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दमको जन्मदिनका अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिलाई घोषणा गरिएको हो । अभिनेतृ नीता ढुङ्गानाले निर्माण गर्नुभएको चलचित्रमा उहाँकै प्रमुख अभिनय रहेको छ । चलचित्रको पोस्टरमा बह्मानन्दमलाई मात्र समावेश गरिएको छ । जसमा उहाँ नेपाली ढाका टोपीमा देखिनुभएको छ ।
चित्रकलामा लोकबाजा
नेपाली लोकबाजा सङ्ग्रहालयमा सङ्ग्रह गरिएका लोपोन्मुख लोकबाजासम्बन्धी चित्रकला क्यानभाषमा लोकबाजा प्रदर्शनी गरिएको छ । योङ पिकासोको संयोजनमा लोकबाजा सङ्ग्रहालयले त्रिपुरेश्वरस्थित सङ्ग्रहालयको प्राङ्गणमा आयोजित लोकबाजाको चित्रकला कार्याशालाको आयोजना गरी सिर्जना गरिएका चित्रकलाको पाटन सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ । चित्रकला प्रदर्शनीमा लोपोन्मुख २५ बाजाका चित्र राखिएका छन् । सो प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने छ ।
दर्शक तान्न कथा
चलचित्र लेख्ने काम जो कोहीले गर्न सक्दैनन् । त्यसैले पनि चलचित्रको सम्पूर्ण संरचना कथामा नै अड्किएको हुन्छ । चलचित्रमा पात्रले बोल्ने तथा हरेक क्रियाकलाप चलचित्रमा स्क्रिप्टले नै बुनेको हुन्छ । चलचित्र कथाले चल्ने हो । हलमा दर्शकलाई आकर्षित गर्न कलाकार अवश्य चाहिन्छ तर चलचित्रलाई टिकाइराख्न कथा नै मजबुत हुनु पर्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
साँवा फिर्ताको छुट्टै व्यवस्था नहुँदा आम्दानी प्रक्षेपणमा समस्या
सार्वजनिक संस्थामा सरकारले गरेको लगानीबापतको साँवा फिर्ताको छुट्टै शीर्षक नहुँदा सरकारको कुल आम्दानी प्रक्षेपण नै वास्तविक हुन नसकेको पाइएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको सार्वजनिक संस्थामा सरकारको ‘सेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ ले यस्तो तथ्य उजागर गरेको हो ।
कृषिमन्त्रीको लोभलाग्दो गोलभेँडा खेती
गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराउनुभएको छ । देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा धान खेती र १० बिघामा तरकारी खेती गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।
निजी सवारीसाधनको आयु २५ वर्ष , रुट परमिट प्रदेशबाटै
गण्डकी, माघ २१ गते । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रूपमा अथ्र्याइएको छ ।गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीनवटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै नियम बनाएको उहाँको भनाइ छ ।सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र सङ्घबाट विभिन्न समयमा प्राप्त निर्देशन, परिपत्रलगायतलाई आधार मानेर नियमावली तयार पारिएको अधिकृत बस्यालले बताउनुभयो । नियमावली जारी भएसँगै विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । “राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेमा प्रदेश सरकार र मन्त्रालय विश्वस्त छ”, उहाँले भन्नुभयो, “यो नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा सावित हुनेछ ।”रुट परमिट प्रदेशभरसार्वजनिक सवारीलाई सम्बन्धित सवारीधनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत ९रुट परमिट० दिइने नियमावलीमा व्यवस्था गरिएको छ । विसं २०७४ यता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीलाई दुई जिल्लाको मात्र स्थायी मार्ग इजाजत दिइएको थियो । नियमावलीले गरेको व्यवस्थाअनुसार अब प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित स्थानीय तह वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो । यातायात व्यवसायीलाई एकैठाउँमा मात्र केन्द्रित हुन नदिन मापदण्ड बनाइने मन्त्रालयले जनाएको छ ।नियमावलीमा रहेको सो व्यवस्थाले बागलुङस्थित यातायात व्यवस्था कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने म्याग्दीका ट्याक्सी चालकको बाध्यता पनि हट्ने भएको हो । ट्याक्सीलाई दुई जिल्लामात्र चल्ने अनुमतिका कारण छिमेकी जिल्लाको सडक प्रयोग गर्दा पनि पटकैपिच्छे अस्थायी मार्ग इजाजत ९रुट परमिट० लिनुपर्ने अवस्था थियो ।प्रदेश राजधानी पोखरा गुड्ने म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत हाललाई पर्वतसम्म मात्र छ । म्याग्दी, गोरखा, बागलुङलगायत जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मार्ग स्थायी इजाजत दिने व्यवस्था हटाई प्रदेशभरलाई इजाजत खुला गर्न माग गर्दै आएका थिए । म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले सार्वजनिक सवारीसाधनको मार्ग इजाजतका सम्बन्धमा नियम खुकुलो पार्न लागिएकामा खुसी व्यक्त गर्नुभयो ।“ट्याक्सी व्यवसायीले पटकपटक उठाउँदै आएको माग हो यो, दुई जिल्ले रुट परमिटका कारण प्रदेश राजधानी पोखरा जानका लागि पनि पटके काट्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले ल्याएको नियमावली कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ, यातायात क्षेत्रको सुधार र व्यवस्थापनमा व्यवसायी पनि सहयोगी बन्न चाहन्छौँ ।”म्याग्दी सदरमुकाम बेनीबाट पोखरासम्म चल्न पाउनेगरी ट्याक्सी दर्ता गरे पनि मार्ग इजाजतलाई दुई जिल्लामा सीमित बनाउने नीतिका कारण ट्याक्सी चालककले अनावश्यक झण्झट व्यहोर्दै आएका थिए । म्याग्दीबाट पोखरा चल्ने अधिकांश ट्याक्सीले आकस्मिक बिरामी र पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् ।बिदाका दिन र कार्यालयबाहेकको समयमा अस्थायी मार्ग इजाजतपत्र दिने कर्मचारी नहुुने, यात्रुु बोकेर कर्मचारी खोज्न र कार्यालय जाँदा ढिला भएर यात्रु समयमा गन्तव्यमा पुर्याउन नसक्नेजस्ता समस्या ट्याक्सी चालकले भोग्दै आएका थिए । सवारीधनी र व्यवसायी कम्पनीको मागबमोजिम अब मार्ग इजाजत दिइने भएपछि उक्त समस्या सधैँका लागि अन्त्य हुने भएको हो ।मुख्यगरी पोखरा पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मात्र स्थायी मार्ग इजाजत दिने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका थिए । निजी सवारीसाधनको आयु २५ वर्ष नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारीसाधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हालसम्म निजी सवारीसाधनको आयु तोकिएको थिएन । सार्वजनिक सवारीसाधनको २० वर्षमै पत्रु कायम गरेर लगतकट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान पनि देखिएकाले नेपालमै पहिलोपटक निजी सवारीसाधनको आयु तोकिएको मन्त्रालयले जनाएको छ । विद्युतीय सार्वजनिक सवारीसाधनको भने तीस वर्षमा पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक तथा अन्य सवारीसाधनलाई विद्युत्मैत्री सवारीसाधनमा रुपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्यरूपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको २० वर्षमा पत्रु कायम हुने र अनिवार्य लगतकट्टा गर्नुपर्ने व्यवस्था सङ्घीय ऐनमा छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ताकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताउनुभयो । यसैगरी निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ । नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’ यात्रुहरूमाझ लोकप्रिय बन्दै गए पनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव थियो । नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमाण्डू, क्याब ट्याक्सीलगायत ‘राइड सेयरिङ’ एप सञ्चालनमा छन् । दर्ताका लागि कम्पनी अनिवार्य नहुने गण्डकीमा कम्पनीमा नगई पनि व्यक्तिले सार्वजनिक सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवसायीले समितिको नाममा एकाधिकार जमाएको भन्दै सरकारले त्यही ऐनको दफालाई टेकेर कम्पनीमा जाने व्यवस्था गरेको थियो । समितिहरूले हाल कम्पनीमार्फत चक्रीय प्रणाली ९आलोपालो० कायमै राखेका छन् । व्यक्तिले मार्गको इजाजत लिन कम्पनीकै सिफारिस लिनुपर्ने व्यवस्थालाई नियमावलीबाट हटाइएको छ । कम्पनीमा जानैपर्ने व्यवस्थाका कारण चर्को मूल्य लिएर ‘रुट’ बिक्री र सिफारिस गर्ने गुनासो यातायात व्यवसायीहरूले गरेका थिए । “सवारीधनीले सार्वजनिक सवारी सञ्चालन गर्न कम्पनीमा आबद्ध नभइकन यातायात कार्यालयमा सवारीसाधन पञ्जीकृत गरी आएमा मागबमोजिमको मार्ग इजाजत जारी गर्न सकिनेछ”, नियमावलीमा उल्लेख गरिएको छ । व्यक्तिले स्वतन्त्ररूपमा एक–दुईवटा सावारीसाधन किनेर सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्न पाउने भएका हुन् ।यसैगरी यातायात कार्यालयमा एकै आर्थिक वर्षमा कर तिर्न र नवीकरण गर्न दुईपटक धाउनुपर्ने व्यवस्थाका कारण सेवाग्राहीलाई भएको सास्ती नियमावलीले हटाएको छ । नवीकरण र राजस्व तिर्न दुईपटक आउने सेवाग्राहीलाई भएको झञ्झट र कार्यालयको भीड हटाउन सवारीसाधन नवीकरण गर्दा नै अनिवार्यरूपमा त्यो वर्षको राजस्व तिर्नुपर्ने व्यवस्था ल्याइएको छ । सवारीसाधनको नामसारी गर्दा अनिवार्यरूपमा नागरिकता नै चाहिने व्यवस्था भएकामा नियमावलीले अब राज्यका निकायबाट जारी भएका अन्य परिचयपत्रबाट पनि नामसारी हुने सुविधा दिइएको छ । सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र दिँदा अन्य प्राविधिक परीक्षणका अतिरिक्त अनिवार्यरूपमा प्रदूषण जाँच पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारको सरकारी कार्यालय तथा यातायात क्षेत्रका अभिलेखलाई विद्युतीय माध्यममा लैजाने नीतिअनुसार गण्डकी प्रदेशको यातायात कार्यालयका सेवालाई छिटोछरितो बनाउन विद्युतीय माध्यमको प्रयोग गर्न नियमावलीमा आवश्यक नीतिगत व्यवस्था गरिएको छ । यातायात कार्यालयमार्फत कागजातका आधारमा प्रवाह हुने सबै सेवाहरू क्रमशः कागजविहीन सेवाका रूपमा रुपान्तरण गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने नियमावलीमा उल्लेख गरिएको छ । जरिवाना बढाइयो मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पुर्याइएकामा छ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताउनुभयो । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर रु १० हजार पुर्याइने र छ महिनासम्म मार्ग इजाजत रद्द गर्ने नियम बनाइएको हो । पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायीले मिटरमा उठेबराबरको भाडा लिएर यात्रु बोक्ने पटकपटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम कसिलो बनाउँदै लगेको हो । पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी सञ्चालनमा छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
कुहिन थाले असी करोड मूल्यबराबरका काठ
जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् । पूर्वी नवलपरासीमा करिब ४४ प्रतिशत वन क्षेत्र रहेको छ तर वनबाट कानुनी मान्यता प्राप्त गरी निस्कने काठ र काठ तस्करबाट बरामद गरिएका करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत समीर लम्सालले बताउनुभयो ।
माओवादीको विधान अधिवेशन, हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा देशैभरबाट आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाइने छ ।
धेरै चराको बास खोसिने चिन्ता
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ । तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब
कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नर्सिङ पढ्दै तिम्ल्याहा दिदीबहिनी
एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना हुनुभएको छ । उहाँहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो ।
बाली बचाउन रातभरि बारीमै बास
माघको मध्य महिना । रातिको १० बजिसकेको छ । हुस्सु कति बाक्लो लागेको छ भने १० मिटर अगाडिको वस्तु देख्न पनि हम्मेहम्मे छ । शीत झरिरहेको छ । चिसो र शीतलहरले मुढामा सल्काएको आगो पनि निभ्न लागिसकेको छ । हात कठ्याङ्ग्रिएका छन् । तर पनि आठ र १० वर्षका दुई नाति, नातिनी र बुहारीसँगै बारीमा न्यानो महसुस गरिरहनुभएको छ ५८ वर्षीया कुस्मादेवी यादव । पछाडिपट्टि बालबच्चालाई सुत्नका लागि सानो मडै बनाइएको छ । तर जाडोले उनीहरू सुत्न नसकेर आगोको वरिपरि झुम्मिइरहेका छन् ।
आज वर्षाको सम्भावना
हिउँदे वर्षा गराउने अर्को नयाँ प्रणाली नेपाल भित्रिएको छ । नयाँ प्रणालीका कारण शनिबार रातिदेखि देशका विभिन्न स्थानमा बदली सुरु भएको छ । आइतबारदेखि दुई दिन देशका अधिकांश भेगमा वर्षा हुने गरी पश्चिमी न्यून चापीय प्रणालीको आगमन भएकाले वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।