ज्येष्ठ नागरिक : जीवन भोगाइका पाठशाला
राष्ट्रिय ज्येष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौँले हालै ‘शताब्दी व्यक्तित्व’ नामक जर्नल प्रकाशन गरेको छ । जहाँ देशभरबाट सङ्कलित ६१ जना शताब्दी व्यक्तित्वको छोटो बायोग्राफी समेटिएको छ । गत असोजमा प्रकाशित सो जर्नलमा सय वर्ष बढी बाँच्नेहरूको जीवन भोगाइ तथा बाँच्नुको अनुभव समेटिएको छ । जुन अनुभव अहिलेका युवा पुस्ताका लागि जीवन जिउने शिक्षा र आधार बन्न सक्ने विश्वास गरिएको छ । पहिलो कुरा सय वर्ष बाँच्नु जीवनको ठुलो
त्याङबोचे पुग्दा...
डाँडाका टुप्पामा पहेँलो गजुर ! दिबुचे डुल्दै खोला छेउमा थिएँ म । अलिक अग्लो ढिस्कोमा उभिएर हेर्दा पश्चिमतिर आँखा पुगे थे । अग्लो डाँडालाई घेरेथ्यो हरियालीले । खुम्बिलाका धारिला ढुङ्गेनी सुइरामा अलेली हिउँ थिग्रेका थिए । आँखा तिनै ढुङ्गेनी खोँच र सुइरा हेर्दै खोला तरेर थुम्कामा आइपुगेँ । ‘त्यो त्याङबोचेको गुम्बा !’ निधार कन्याइरहेका बीरु मगर बोलेका थिए । यही एक शब्दले अथाह भक्तिभाव र अनन्त प्रेम पोखेको थियो । झन्डै २० वर्षदेखि मैले त्याङबोचे सुनेँ, दिबुचे सुनेँ, नाम्चे सुनेँ । त्यत्तिकै सुनेँ काला पत्थरको नाउँ पनि । कसैले चोमोलुङमा भने पनि, कसैले जोमोलुङमा भने पनि नेपालीका ओठले भन्ने गरेको छ– सगरमाथा । त्यसो त अङ्ग्रेजीसँग नसनाता बढ्ता गाँसिँदै गएकाले माउन्ट एभरेस्ट भनेर फुर्तीफार्ती गर्नेको सङ्ख्या पनि कम्ताको कहाँ छ र ! तर मैले त सगरमाथा जत्तिकै सुनेको नाम थियो– त्याङबोचे ।
साग टिप्न गएकी वृद्धाको मृत्यु
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ भालुखर्ककी अचेत अवस्थामा फेला परेकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।
संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होछार पर्वले सबै नेपालीबिच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिनुभएको छ ।
नेपालमा ‘पिङ्क टुरिज्म’
प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा विपरीत लिङ्गी वा महिला–पुरुषभन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ । जन्मँदा बालक वा बालिका जेसुकै भए पनि उमेर बढ्दै गएपछि उनीहरूमा आउने शारीरिक वा मानसिक परिवर्तनले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, अन्तरलिङ्गी, तेस्रोलिङ्गी आदिका रूपमा पहिचान गरिदिएको छ । जसलाई नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजिविटिआइक्यु) का रूपमा परिभाषित गरिदियो । लैङ्गिक पहिचानको कुरा विश्वव्यापी रूपमा स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरिसकेको छ तर अब लैङ्गिक पहिचान नेपाल
एक अर्काको संस्कृतिको सम्मान गर्नु हाम्रो विशिष्ट पहिचान : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
यु–१९ क्रिकेट मिश्रित प्रदर्शन
विश्वस्तरीय खेलकुदमा क्रिकेटले नेपाललाई धेरै खुसी दिएको छ । यस मामिलामा नेपालको यु–१९ क्रिकेट टिम पनि पछाडि छैन । एक समय टेस्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा नेपालको छवि अजय टिमको थियो । त्यसबेला नेपालले चार पटक लगातार एसिसी कपको उपाधि जितेको थियो । विगतमा नेपाल यु–१९ विश्वकपमा टेस्ट राष्ट्रलाई स्तब्ध पार्ने ‘जायन्ट किलर’ नै थियो । सन् २००० मा केन्या, सन् २००२ मा पाकिस्तान र बङ्गलादेश, सन् २००४ मा दक्षिण अफ्रिकालाई हराएको नेपालले सन् २००६ को संस्करणमा त आयरल्यान्डसाथै दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता टेस्ट खेल्ने राष्ट्रको युवा टिमलाई धरापमा पारेको इतिहास छ ।
अमेरिकाको अक्षरधाम
सनातनी धर्मावलम्बीलाई गर्व महसुस हुने गरी क्रिस्चियन धर्मको बहुलता रहेको अमेरिकाको न्युयोर्कनजिकै न्युजर्सी राज्यको रविन्सभिलमा एक भव्य र अद्भुत विशाल हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । स्वामीनारायण अक्षरधाम हिन्दु मन्दिरका रूपमा रहेको यो अमेरिकामा बनेको सर्वाधिक ठुलो हिन्दु मन्दिर हो भने विश्वमै कम्बोडियाको अङ्कोरवाटपछिको दोस्रो विशाल हिन्दु मन्दिर । केही समयअघि उद्घाटन भएको यो मन्दिर निर्माण सुरु भएको १२ वर्षपछि सम्पन्न भएको हो ।
ल्होछारले एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सडक विस्तारका लागि ५२ घर भत्काइने
सडक विस्तारका लागि सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाइएका जिल्ला सदरमुकाम खलङ्गा भित्रका ५२ घरका संरचना भत्काउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
परिवार खोज्दै जिम्मा लगाइँदै
सडकबाट बेवारिस अवस्थामा एक महिनाअघि उठाएर ल्याइएका दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका–५ का भीमबहादुर रावतलाई परिवारसँग पुनर्मिलन गराइएको छ । रावतलाई पुस २१ गते सुर्खेतस्थित मानव सेवा आश्रममा ल्याइएको थियो । आश्रममा उपचार र मनोपरामर्शपछि रावतलाई बिहीबार परिवारसँग पुनर्मिलन गराइएको हो ।
सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो
म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्नति सकिएको छ ।
घोषणामै सीमित चरा आरण्य क्षेत्र
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणामै सीमित रहेको छ । घोडाघोडी सिमसारको करिब छ हजार हेक्टर क्षेत्र समेटेर सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि घोडाघोडी चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । नेपालको पहिलो चरा आरक्षका रूपमा सरकारले घोडाघोडीलाई चरा अभय आरण्य क्षेत्र बनाए पनि व्यवस्थापनको सवालमा केही पनि गर्न नसकेको जनाइएको छ ।
सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
खानेपानीले फर्कायो बिकट बस्तीका खुसी
कोदारी राजमार्ग छोडेर डाक्लाङ, काङ्लाङ, लिस्तिमाई पुग्न १७ किलोमिटर कच्ची सडक पार गर्नु पर्छ । भोटेकोशी गाउँपालिका–१ को लिस्तिमाई, पाउगुम्बा, छगाम, बगाम, सेबुङ गाउँ नेपाल सरकारले घुम्नै पर्ने स्थलको रूपमा समेटेको छ ।
कन्चनपुरको बैतडामा अवस्थित वैद्यनाथ मन्दिर
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित छ, बैधनाथ मन्दिर । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक रहेको छ ।
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर
चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
पोखरामा साहित्य महोत्सव
आगामी फागुन ३ बाट पोखरामा साहित्य महोत्सव हुने भएको छ । बुकवर्म फाउन्डेसनले फेवाताल किनारको लेकसाइडमा आयोजना गर्ने सूर्य नेपाल गाथा नेपाल लिट्रेचर फेस्टिभलमा ५८ वटा सत्र रहने छन् । आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ११ औँ संस्करणको यो महोत्सव फागुन ७ सम्म चल्ने छ । महोत्सवमा दुई सयभन्दा बढी वक्ता रहने छन् ।
पुरानै ढर्राको कथा ‘दयारानी’
निःसन्तान हुनु पाप होइन तर हाम्रो समाजमा निःसन्तान दम्पतीलाई घोचपेच दिने चलन नयाँ भने होइन । यही सामाजिक घोचपेचलाई चलचित्रमा समेटिएको छ । चलचित्र ‘दयारानी’ ले सोही कथा समेट्ने प्रयास गरेको छ । निःसन्तान हुने दम्पतीमध्ये पुरुष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँडिरहेका हुन्छन् भने महिला सबै दोष आफूमाथि बोकिरहेकी हुन्छिन् । समाजले सन्तान नहुँदा महिलालाई नै दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ तर महिलाले चौतर्फी दबाब झेल्नु पर्छ ।
महिलाको हातमा नौमती बाजा
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरेको छ । झापामा पछिल्लो पटक कनकाई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिम सुरु गरेको हो । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने दक्ष व्यक्तिसमेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बालीको रोग पत्ता लगाउने एप्स
संयुक्त राष्ट्र सङ्घको कृषि र खाद्य सङ्गठन (एफएओ) ले टेलिप्लान्ट डाक्टर नामको एप्स किसानसमक्ष ल्याएको छ । एफएओका कार्यक्रम विज्ञ अरुण जिसीका अनुसार हाल आलु र गोलभेँडामा लाग्ने रोगहरूको विश्लेषण गरेर राखिएको छ । सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएको छ ।
निष्ठावान् नेता कोइराला
संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसमा शुक्रबार देशभरि श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपासहित सातै प्रदेश र ७७ जिल्लामा पूर्वसभापति कोइरालाको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेको हो । २०७२ मा संविधान जारी गर्दा प्रधानमन्त्री रहनुभएका स्वर्गीय कोइरालालाई ‘संविधानका पिता’ उपनाम पनि दिइएको छ । राजनीतिक दलका नेताहरूले तत्कालीन प्रधानमन्त्री कोइरालाको शालीन, सरल र सिद्धान्तप्रति निष्ठावान् छवि अनुकरणीय रहेको बताउनुभएको छ ।