समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
परसपुर–गौघाट सडक : सम्झौता सकिनै लाग्दा एक चौथाइ काम
बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको नेपालगन्जको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदै छ । काम भने एक चौथाइ अर्थात् २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको १४ किलोमिटर लामो सडकखण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब १४ करोडमा बन्न लागेको सडक कालोपत्रे कार्यमा भने सुरुवातदेखि नै ढिलाइ हुँदै आएको थियो ।
लुम्बिनीमा बन्यो डाटा पोर्टल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।
छोरीहरूको खातामा पालिकाको आठ लाख
दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो । उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पु¥याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । दङ्गीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा १२३ जना र आर्थिक वर्ष २०८०/८१ मा १०९ जना गरेर २३२ जना छोरीको खातामा पैसा जम्मा गरिएको जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
मर्स्याङ्दी नदीमा बालिकाको शव फेला
गोरखा र लमजुङको सिमानामा रहेको मर्स्याङ्दी नदीमा बालिकाको शव फेला परेको छ । फेला परेको शव गोरखाको पालुङटार नगरपालिका च्याङलिङका १५ बर्षीया समिना तामाङ भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
धुलिखेल बन्योे पहिलो ‘स्वस्थ सहर’
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि सुभागी गुडले मङ्गलबार भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गर्नुभएको हो ।
भेरीको पानी वीरेन्द्रनगर ल्याइने
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरवासीका लागि निकै महत्वाकाङ्क्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम सुरु हुने भएको छ । भेरी नदीको पानीलाई लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याई उपभोक्तालाई वितरण गर्न विश्व बैङ्कको सहयोगमा सो उपआयोजना सुरु भएको छ । बुधबार एक कार्यक्रम गरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन एकाइ प्रमुख सञ्जीवकुमार साह र काम गर्ने चिनियाँ कम्पनी जिज्याङ टिम्स इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठले संयुक्त रूपमा त्रिपक्षीय हस्ताक्षर गर्नुभएको छ ।
पोल र तार देखियो, देखिएन बिजुली
सल्यानमा विद्युतीकरणका लागि बर्सेनि करोडौँ रुपियाँ खर्च भइरहेको भए पनि जिल्लाका २१ हजार ८०४ परिवार अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । ग्रामीण भेगमा रहेका बस्तीमा विद्युतीकरण गर्न ढिलाइ हुँदा स्थानीयले उज्यालो देख्न पाएका छैनन् । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अँध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका ५४ हजार ६७२ घरधुरीमध्ये ३२ हजार ८६८ घरधुरीमा मात्रै बिजुली बलेको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार जिल्लामा २४ हजार ७७५ घरधुरीमा मात्रै बिजुली पुगेको छ । कतै विद्युत्को लाइन नै विस्तार भएको छैन भने लाइन विस्तार भएको ठाउँमा पनि वर्षौंसम्म बत्ती बलेको छैन । अहिले पनि स्थानीय बासिन्दा रातिको समयमा बत्तीका लागि सौर्य टुकी, मटितेलबाट लालटिन, टुकी र
संशोधित बजेट ल्याउने तयारीमा सरकार
प्रदेश सरकार संशोधित बजेट ल्याउने तयारीमा जुटेको छ । डेढ महिनादेखि बजेटविहीनको अवस्था अन्त्य गर्न असार १ गते सदनमा पेस भएको बजेटलाई नै आंशिक रूपमा संशोधन गरेर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो । सरकार मातहतका मन्त्रालय बजेटको सिलिङ बनाइरहेका छन् । प्रदेश आर्थिक मामिला मन्त्रालयले सरकारको प्राथमिकता अनुसार बजेट तयार पार्न सम्पूर्ण मन्त्रालयलाई परिपत्र गरेको थियो । बजेट पुनर्लेखन नगरी आंशिक संशोधन गरेर बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजेटको पुनर्लेखन र साबिकमा पेस भएको विधेयकको प्रतिस्थापन होइन, भइरहेको कार्यक्रमको आंशिक संशोधन मात्रै हो ।”
व्यावसायिक फलफूल खेतीमा किसान
बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । यहाँ उत्पादित स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल आयआर्जनको मुख्य स्रोत बन्ने सम्भावना बढेको छ । मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै स्थानीय तहको निर्माण र ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिएकाले पछिल्लो समय फलफूल खेतीप्रति आकर्षण बढेको हो । स्थानीयले फलफूल खेतीलाई आयआर्जन व्यवसायकै रूपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय धेरै किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अनुमतिको बाध्यताले हेली उद्धारमा समस्या
मुस्ताङको माथिल्लो भेक ल्होमन्थाङमा बुधबार बिहान एउटा पर्यटकको गाडीले ठक्कर दिँदा ५९ वर्षीय पुरुष सख्त घाइते भए । तत्काल प्राथमिक उपचार भयो तर उनलाई तुरुन्तै पोखरा लगेर उपचार गर्नुपर्ने भनेर स्वास्थ्य चौकी ल्होमन्थाङले भन्यो । हेलिकोप्टरमार्फत पोखरा लैजान तुरुन्तै प्रयास गरिएको भए पनि प्रयास गरेको चार घण्टापछि मात्रै हेलिकोप्टर ल्होमन्थाङ लैजान गृह मन्त्रालयले अनुमति दियो । त्यसपछि मात्रै पोखराबाट प्रभु एयरको हेलिकोप्टर ल्होमन्थाङ पुगेर बिरामीलाई लिएर पोखरा पुर्याएपछि चरक अस्पतालमा बिरामीको उपचार थालिएको छ ।
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन
समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ ।
गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहारमा
इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन नयाँ दिल्लीद्वारा नव नालन्द महाबिहारको सहकार्यमा बिहारको नव–नालन्द महाबिहारमा आयोजित सम्मेलनको बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा तथा शाही भुटान मन्दिर केन्द्रीय बिहार निकाय भुटानका सचिव उगेन नामग्यालले संयुक्त रूपमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान
धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ ।
‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु ।
बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो
बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।
कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो
दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।
मापदण्डबमोजिम बजेट दिनु पर्छ
नेपालको करिब मध्यभागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका ५९७ वर्गमिटरमा फैलिएको छ । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र समेटिएको यो पालिकामा साबिकका सात गाविस (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) समेटिएका छन् । नौ वडा रहेको यस पालिकाको जनसङ्ख्या साढे २३ हजार छ । पालिकाको पूर्वमा दोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिका, दक्षिणमा बेँसीसहर नगरपालिका र उत्तरमा मनाङ जिल्ला पर्छन् । गएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट अर्जुन गुरुङ दोस्रो पटक चुनिनुभएको थियो । अध्यक्ष गुरुङसँग पालिका प्रमुखको अनुभव, पालिकाका समस्या र सम्भावनाबारे गोरखापत्रका लागि फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :
लगानी अनुसार जुटले मूल्य पाएन
जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ ।
स्थानीय सेवा प्रभावित
स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई नयाँ संरचना अनुसार व्यवस्थित गर्न ढिलाइ हुँदा स्थानीय तहले कर्मचारी अभावको समस्या झेल्नु परिरहेको छ । पुरानै निजामती सेवा ऐन अनुसार कर्मचारी प्रशासन चलिरहेका कारण अधिकांश कर्मचारी सङ्घमै र सुगममै बस्न चाहने प्रवृत्ति छ । यसै कारण प्रदेश सरकार र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस परेको छ । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि सरकारले स्थानीय तहमा कर्मचारी समायोजनका लागि स्वेच्छिक व्यवस्था कार्यान्वयनमा ल्याउँदा पनि सरकारले सोचे अनुरूप कर्मचारीले समायोजनमा जान रुचि देखाएनन् । अर्कोतर्फ अस्थायी प्रकृतिका कार्यालयहरूमा समेत स्थायी कर्मचारी
स्थानीय तहका सरकार
सामान्यतः योजना तर्जुमा गर्दा राजनीतिक क्षेत्र नवीनतम योजना तर्जुमा र वितरणमुखी हुन खोज्ने प्रवृत्ति छ तर प्रशासनयन्त्र भने साबिककै कार्यहरूलाई निरन्तरता दिन र मितव्ययी हुन खोज्ने अवस्थामा रहन चाहन्छ, जसका कारण आपसी मनमुटाव देखा पर्छ । यसको निदानका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ ले मार्गनिर्देश गर्दछ । यस अनुसार प्रत्येक पालिकाले दीर्घकालीन सोच, आवधिक योजना, त्रिवर्षीय खर्च संरचना र वार्षिक बजेट निर्माणबि
रुद्राक्षबाट मनग्गे आम्दानी
धरान उपमहानगरपालिका–१६ बस्ने सुमिता डङ्गोलले रुद्राक्षको दानाबाट सामान बनाएर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । करिब छ वर्षअघि धनकुटामा बसोबास गर्दा घरमा भएको रुद्राक्षको दाना बिक्री हुन छाडेपछि सदुपयोग गर्न पूजा गर्दा फूल राख्ने ढाकी बनाएकोमा राम्रो बनेपछि साथीभाई, इष्टमित्रले किनेर लैजान थाले । यसबाट हौसला मिलेर व्यापार सुरु गरेको व्यापारी डङ्गोलले बताउनुभयो ।