• ९ मंसिर २०८१, आइतबार

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ १३ गते । गोरखा र लमजुङको सिमानामा रहेको मर्स्याङदी नदीमा बालिकाको शव फेला परेको छ । फेला परेको शव गोरखाको पालुङटार नगरपालिका च्याङलिङका १५ वर्षीया समिना तामाङ भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

बुधवार  साँझ ५ बजे लमजुङको सुन्दरबजार नगरपालिका – ९ फूलबारीस्थित मर्स्याङ्दी नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक बालिका पछिल्लो समय लमजुङको बेंसीशहर नगरपालिका – ३ रानीकुवा बस्दै आउनुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।