‘पानी नपिई व्रत बस्दा स्वास्थ्य समस्या निम्तन्छ’
तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीले व्रत बस्नु शरीरका लागि स्वास्थ्यकर भएको बताउनुहुन्छ ।
डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै
मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् ।
राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ ।
६० जनामा हैजा
बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौँमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मङ्गलबार बेलुकाबाट एउटामा समस्या आएको छ ।
मानव बेचबिखनविरुद्धको दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिनुभएको छ । “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्न भएको हो ।
इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ३३ प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन् ।
निजामती सेवा दिवसका अवसरमा सरसफाइ
निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।
काठमाडौँबाट बेपत्ता युवतीको शव मकवानपुरमा फेला
काठमाडौँबाट बेपत्ता भएकी एक युवतीको शव मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनी गैरीजँगारस्थित बागमती नदी किनारमा फेला परेको छ ।
पर्यटक तान्दै स्काई वाक
पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा स्काई वाकले पर्यटकलाई आकर्षित गरेको छ । स्काई वाक आन्तरिक एवं बाह्य पर्यटकका लागि गन्तव्य बन्न थालेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारलाई साहसिक पर्यटनको केन्द्र बनाउन चाल्र्स पोइन्टमा स्काई वाक टावर सञ्चालनमा ल्याइएको हो ।
भकारी भर्न डुङ्गाकै भर
चार दशकअघिदेखि सिराहा र धनुषाको सिमाना रहेको कमला नदीमा डुङ्गा खियाउँदाखियाउँदै रामप्रकाश माझीका पाखुरा बलिया भए । त्यसैबाट उहाँका घरमा धानको भकारी भरिन्छ । परिवारको गुजारा चल्दै आएको छ ।
राइनासलाई पर्यटकीय केन्द्र बनाउँछौँ
लमजुङको राइनास नगरपालिका कृषि र पर्यटन क्षेत्रका लागि प्रख्यात छ । उर्वर फाँट धेरै भएकाले यहाँ धान प्रशस्त उत्पादन हुने गर्दछ । बोराङखोलादेखि साँहिलीटार, टिमुरे, सातबिसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमबेँसी हुँदै चेपेघाटसम्मका समथर खेतबारी र ठुला टारमा बाह्रै महिना हराभरा बाली देख्न सकिन्छ । २०७३ फागुन २७ गते साबिकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गाविसलाई समेटेर राइनास नगरपालिका बनाइएको हो । गत निर्वाचनमा राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फका खड्गबहादुर गुरुङ निर्वाचित हुनुभयो । ‘हाम्रो राइनास नगर : कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री सहर’ भन्ने नाराका साथ अघि बढेको नगरपालिका प्रमुख गुरुङसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”
त्रिचालिस परिवारको त्रिपालमुनि बास
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१ का विभिन्न स्थानमा ४८ भन्दा बढी घरपरिवार पहिरोको जोखिममा परेका छन् । यही भदौ ८ गते रातिको अविरल वर्षापछि गएको पहिरोले सो वडाका विभिन्न बस्तीमा गरी ४८ घरपरिवार जोखिममा परेका हुन् । दोरम्बा सैलुङ गाउँपालिका–१ स्थित पात्लेमा तीन घर, मङ्सिरेमा छ घर, नागीमा दुई
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान !
भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो ।
खानेपानी आयोजना सात वर्षसम्म अधुरै
खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।
सात वटा सहकारीलाई कारबाही गर्न सिआइवीमा पत्राचार
४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
प्रशासनिक भवन निर्माणले गति लिँदै
लुम्बिनी प्रदेशको राजधानीका प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । २०७९ फागुन ३ गते शिलान्यास गरिएको लुम्बिनी प्रदेशको प्रशासनिक भवन निर्धारित समयभन्दाअघि नै प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले कामलाई गति दिएका छन् । अबको एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको छ ।
सञ्चालन भएन अस्पताल भवन
दाङको बबई गाउँपालिका–३, हंसपुरमा १५ शय्याको आधारभूत अस्पताल तयार भएको छ । जनतालाई पालिकामै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने गरी करिब १२ करोड रुपियाँको लागतमा गत आर्थिक वर्षमा तयार भएको भवन सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालन नहुँदा अस्पतालका लागि निर्माण भएको भवनबाट अहिले स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्र्न नसक्दा अस्पतालको भवन तयार भए पनि आधारभूत अस्पताल सञ्चालन गर्न नसकेको बताउनुभयो ।
शिक्षा सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा शिक्षामा सुधारसँगै गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडा शिक्षा समितिले घुम्ती बैठक सञ्चालन गरेको हो । यसै शैक्षिकसत्रदेखि प्रत्येक महिना वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक प्रत्येक महिना यहाँका फरक फरक विद्यालयमा वडाध्यक्षसमेतको उपस्थितिमा हुने गरेको छ । अग्लुङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीले हालसम्म तीन वटा विद्यालयमा प्रधानाध्यापकको घुम्ती बैठक भइसकेको बताउनुभयो ।
उत्तरतर्फ बगेको बबई नदी
दाङको घोराही उपमहानगरपालिका(७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी ।
सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये तीन प्रतिशत युवाले मात्र रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये ३.१३ प्रतिशत अर्थात् १०१ जनाले मात्र रोजगारी पाएका हुन् । बाँकी ९६.८६ प्रतिशत अर्थात् तीन हजार १२१ जना सूचीकृत युवाले रोजगारी पाउन नसकेको नगरपालिकाले जनाएको छ । गरिब तथा विपन्न परिवार र वडाको आवश्यकताका आधारमा युवालाई छनोट गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको थियो । नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद शर्माका अनुसार नगरपालिकामा सञ्चालित विभिन्न २५ वटा योजनामा छनोट भएकामध्ये १०१ जनाले ९० दिन बराबरको रोजगारी प्राप्त गरेका छन् ।
सामाजिक सशक्तीकरण कार्यक्रम अलपत्र
प्रदेश सरकारको ‘प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम’ प्रभावकारी बन्न सकेको छैन । गत आर्थिक वर्ष २०८०/८१ बाट विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको भए पनि कार्यान्वयन भने हुन नसकेको हो । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाका लागि प्रदेशस्तरमा दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापनाको कार्यक्रम राखिएको थियो । गत आवको नीति तथा कार्यक्रममा समेटेर कार्यक्रम ल्याइएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा