समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
दहखर्कमा चर्दै गरेका भेडाका बथान
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका(६ स्थित दहखर्कमा चर्दै गरेका भेडाका बथान । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने दहखर्कमा यति बेला हजारौँको संख्यामा भेडाका बथान भेट्न सकिन्छ ।
गरिखाने हात काटिएपछिको सकस
पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्काकी २५ वर्षीय डम्मरा शाहका दुवै हात काटिएपछि घर चलाउन सकस भएको छ । आर्थिक अवस्था कमजोर भएकाले घरखर्च चलाउन डेढ वर्षअघि उहाँले पतिलाई भारतको मुम्बई पठाएर आफू गोदावरीको गेटास्थित सुरत गुड मिलमा काम गर्न थाल्नुभयो ।
आरक्षमा चर्दै गरेका घोडा
ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ।
विशेषज्ञ कुरिरहेको विशिष्ट अस्पताल
सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा सञ्चालित डडेलधुरा अस्पताल छ । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा प्रदान गर्ने गरी स्थापित यस अस्पतालले विशेषज्ञ डाक्टर कुरिरहेको पाइएको छ । चिकित्सक नहुँदा बिरामी कैलालीको धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन् । २०४० सालतिर डडेलधुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गर्नुभएको थियो ।
घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै व्यास नगरपालिका
व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ ।
मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम
यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ।
यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।
समावेशीकरणको मर्म
मुलुकमा पहिलो पटक संविधान सभाबाट जारी गरिएको नेपालको संविधान (२०७२) को मूल मर्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नु रहेको छ । संविधानमा निर्दिष्ट लक्ष्य प्राप्तिमा मुलुकको विद्यमान संरचनागत विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्त अख्तियार गरिएको छ । त्यसो त अन्तरिम संविधान, २०६३ ले नै समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर संविधा
आफ्नै बलबुतामा न्याय
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट पारित भएसँगै बहसको प्रमुख विषय बनेको छ । द्वन्द्वोत्तर न्याय चासोको विषय हुँदै हो, यो समस्याको विषय पनि हो तर समस्या विधि र प्रक्रियामा भन्दा पनि दलहरूको इच्छाशक्तिमा थियो भन्ने कुरा अठार वर्षसम्म अल्मलिएको सङ्क्रमणकालीन न्यायको विषयले दलहरूले चाहनासाथ गति लिएकाले पनि पुष्टि गरेको छ ।
मानव बेचबिखनविरुद्धको अभियान
मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ । सेप्टेम्बर ५ अर्थात् भदौ २० लाई मानव बेचबिखनविरुद्धको १८ औँ राष्ट्रिय दिवसका रूपमा मनाइँदै छ । ‘तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध का
पूर्वाधार विकास मोडेलमा परिवर्तन आवश्यक छ
पूर्वाधार विकासको पुरानो मोडेल परिवर्तन गरी नयाँ मोडेल बनाउन आवश्यक भएको बताउनुहुन्छ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । मोडेल परिवर्तन गरेर मात्रै विकासले गति लिने हो र ? सडकको दुरवस्थाका कारण दैनिक जसो दुर्घटनाका समाचार सुन्नु पर्छ । दुर्घटना न्यूनीकरणको योजना, असारे विकासको गलत भाष्य तोड्ने र विकास परियोजना समयमा सम्पन्न गर्न र बढ्दो बेरुजु घटाउन के कस्ता योजना अघि सारिएको छ भन्ने विषयमा मन्त्री दाहालसँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी : पछिल्लो समय बढेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति भएको छ । सडकको दूरवस्थाका कारण दुर्घटना बढेको टिप्पणी हुने गरेको छ, यसको न्यूनीकरणका लागि मन्त्रालयले के कस्ता योजना अघि सारेको छ ? यसअघि निर्माण भएका सडक सुरक्षित बनाउने अभियानमा मन्त्रालय लागेको छ
शिलान्यास गरिएको छ वर्षमा पनि नमुना सदरमुकाम निर्माण अगाडि बढ्न सकेन
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुपूर्व रूख कटानको आदेश पर्खिरहेको कार्यालयका इञ्जिनियर द्रोण कट्वालले बताउनुभयो ।
अफगानिस्तानका महिलाप्रति क्रूर सत्ता
अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप क्रूर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ । तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ ।
सहकारीको समस्या क्रमिक सुधारोन्मुख
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई नियम गर्न छुट्टै निकाय बनाउने काम अगाडि बढेको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न सकिँदैन तर क्रमिक रूपमा सुधार गर्दै लैजाने बताउनुभयो ।
धान खेत मासेर केरा खेती
दाङको राप्ती गाउँपालिका–७ निवासी रणप्रसाद सुवेदीले छ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएको हो । केरा खेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धान खेती हुने जमिन मासेर केरा खेतीमा लागेको उहाँले बताउनुभयो । थोरै लगानीमा पनि एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केरा खेतीमा लागेको उहाँले बताउनुभयो । सुवेदी जस्तै राप्ती गाउँपालिका–७, सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका चौधरीले वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आउनुभएको छ ।
मकै सुक्ने र घोगा नलाग्ने समस्या
सरकारले नै वितरण गरेको बिउका कारण किसानले समस्या भोग्नु परेको छ । स्थानीय सरकारले वितरण गरेको बिउ रोपेका धादिङ थाँक्रेका किसान मकै नफलेर मर्कामा परेका छन् । धादिङको थाक्रे गाउँपालिका–६ का अधिकांश किसानको मुख्य बाली मकै हो । मकै लगाउने बेला वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बिउ लिन आउनु भनेर सूचना जारी गरेपछि यहाँका झन्डै ३३५ घरधुरीले वडाले बाँडेको सिपी ८०८ जातको मकैको बिउ ल्याएर रोपे । वडाले बाँडेको उन्नत जातको बिउ रोपेर धेरै मकै फलाउने अपेक्षा गरेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नै नलाग्ने, लागि हाले पनि घोगाभित्र दाना नहुने र भएको पनि कुहिएपछि निराश छन् ।
कृषि अनुदान लिनेको सूची सार्वजनिक गरिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिएकाको सूची सार्वजनिक गर्ने बताउनुभएको छ । मन्त्री अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि अनुदानका लागि पालिका र प्रदेशसँग समन्वय गरी एउटा संयन्त्र गठन गर्ने र त्यसमार्फत सूची सार्वजनिक गरिने बताउनुभयो ।
पेट्रोलियम भण्डारणगृहको निर्माण तीव्र
रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ । भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो । ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ । जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक
सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
‘उपलब्धि रक्षार्थ एमालेसँग सहकार्य’
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो ।
धुलिखेल–खावा सडकमा मालवाहक गाडी सञ्चालनमा रोक
अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।
नेपाली भाषामा ‘राजमती’
कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो । नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराउनुभएको थियो । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो ।