सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो ।
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ ।
जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा आदर्श राजनीतिमा ह्रास आयो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ।
पलेशालाई रिपोर्टर्स क्लबको एक लाख रुपियाँसहित सम्मान
रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो ।
बिपी कोइरालाको सालिक निर्माण गरिने
ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।
सत्तारुढ दलको बैठक सुरु
सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
जनताको समस्या नेताको पनि हो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताउनुभएको छ ।
यानिकलाई युएस ओपन टेनिस उपाधि
युएस ओपन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन स्टार यानिक सिनरले जित्नुभएको छ ।
वायु प्रदूषण नेपालको जटिल समस्या बन्दै : वनमन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण नेपालमा जटिल समस्या भइसकेको हुँदा वायु प्रदूषण नियन्त्रणका लागि सरकार सजग रहेको बताउनुभएको छ ।
बिपीले ओमप्रसाद थकालीलाई लेख्नुभएको पत्र
प्रिय साथी ओमप्रसादजी, देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो । त्यो शक्तिलाई कसैले अज्ञानताले, कसैले स्वार्थले दबाउने प्रयत्न गरी रहे जसले गर्दा देशले जुन उन्नति गर्नुपर्थ्यो, त्यो गर्न सकेन ।
घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा कार्यक्रम
घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बिमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।
उपराष्ट्रपतिबाट पलेशा सम्मानित
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा पलेशालाई सम्मान गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ ।
नेपालटार-मङ्गलबारे सडक मर्मत गर्न माग
इलामको नेपालटार–मङ्गलबारे कालोपत्रे सडक हिलाम्य भएपछि स्थानीय उपभोक्ताहरू सडक मर्मतको माग गर्दै सदरमुकाम आएका छन् । करिब दश वर्ष अगाडि कालोपत्रे गरिएको उक्त सडक अहिले हिलाम्य भएपछि नेपालटार–मङ्गलबारे आवतजावतमै समस्या भएको हो ।
सकियो माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक
नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो ।
‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नुहुँदैन’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।
व्यवसायीलाई खाद्य स्वच्छता सचेतना
रुपन्देहीका व्यवसायीका लागि बुटवलमा खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । करिब १ सय जना व्यवसायीलाई समेटेर खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
द्वन्द्वकालको प्रेमकथा असोज ३ बाट
दश वर्षे सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा परिचित रुकुम, रोल्पा अहिले पर्यटकीय स्थानसमेत बनेका छन्। विद्रोह मौलाएका गाउँ घुम्ने एकातिर छन् भने त्यहीका कथा पुस्तक र पर्दामा पनि आइरहेका छन्।
‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठुला दलबिच गठबन्धन भएको बताउनुभएको छ ।
स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
‘तटीय क्षेत्रसम्बन्धी फैसलाको पुनरवलोकनमा जान विलम्ब नगरौँ’
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरवलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरवलोकन गर्नुपर्छ’
सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०-२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौँका अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे अवस्था आउनसक्ने बताउनुभएको छ ।