कैदीबन्दी महँगो सेवा लिन बाध्य
स्याङ्जा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कतिपय बन्दी निजी मेडिकलबाट कहिले स्वास्थ्यकर्मी आउँछन् भनी बाटो हेरेर बस्नु परेको छ भने कतिपय भने महँगो पैसा तिरी निजीमा क्लिनिकमा उपचार गर्न बाध्य छन् । सरकारले हरेक कारागारमा २०७२ सालबाट स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । पुतलीबजार–१ मा रहेको एक मात्र जिल्ला कारागारमा पनि पाँचौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी छ ।
जनशक्ति र उपकरण पायो, स्वीकृति पाएन
कोरोना सङ्क्रमणकालमै स्थापना भएको तुलसीपुर भीमसेन मेट्रो अस्पताल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकारले सञ्चालनमा ल्याएको अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्नका लागि प्रदेश सरकारसँग स्वीकृति लिनु पर्छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको भीमसेन मेट्रो अस्पतालमा शल्यक्रिया र प्रसूति सेवाका लागि विशेषज्ञ जनशक्ति र उपकरण पर्याप्त छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहुले सर्जरी, सर्जरी स्क्रिनिङलगायत विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण पर्याप्त रहेको बताउनुभयो ।
बन्द हुने उद्योगको सङ्ख्या बढ्दै
पाल्पामा दर्ता हुने नयाँ उद्योगको तुलनामा बन्द हुने उद्योगहरूको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षयता बन्द हुने उद्योगहरूको सङ्ख्या निरन्तर बढेको हो । नयाँ उद्योग थप हुने क्रम घटेको छ ।
मुक्त हलियालाई छाक टार्नै मुस्किल
सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष पूरा भएको छ तर मुक्त हलियालाई भने छाक टार्नै मुस्किल छ । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त घोषणा गरेको थियो । यद्यपि मुक्त महिलाको रोजगार, शिक्षा, स्वास्थ्यलगायतका माग सम्बोधन हुन नसक्दा समस्या उत्पन्न भएको मुक्त हलियाको गुनासो छ ।
व्यावसायिक तरकारीतर्फ अग्रसर
भजनी नगरपालिका–९, पचमुडिया बजारको मुखैमा एउटा घर छ, घरनजिकै तरकारी बारी छ । पाँच कट्ठा जग्गामा चिचिन्डा, बोडी, भिन्डी, लौका लटरम्म फलेका छन्, खुर्सानीको बेर्ना हुर्किैदै छन् । तरकारी बारी नोहारी चौधरीले हुर्काएको हो । १२ वर्षअघि दुई कट्ठामा तरकारी खेती सुरु गरेकी नोहारीले बर्खामा पाँच कट्ठामा तरकारी लगाउने गर्नुभएको छ भने हिउँदमा एक बिघाभन्दा बढीमा तरकारी लटरम्म फल्ने गरेको छ । उहाँले भन्नुभयो, ‘पहिले दुई/चार कट्ठामा तरकारी लगाउँदा गाउँ गाउँ घुमेर तरकारी बेच्नु पथ्र्यो, अचेल गाडीमा सजिलै हाटबजार लैजान्छौँ ।”
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
हराएका महिला तथा बालिका अझै फेला परेनन्
तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट हराएका ८९ जना महिला तथा बालिका अझै फेला पर्न सकेका छैनन् । आव २०७८/७९ देखि २०८०/८१ सम्म कर्णाली प्रदेशबाट हराएका कुल तीन हजार २१९ व्यक्तिमध्ये ८९ जना महिला र बालिका फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ, जसमा ७३ जना महिला र १६ जना बालिका छन् ।
पन्ध्र हजार बिरामीलाई सेवा
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१० मा सञ्चालित सहिद स्मृति नगर अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा यस अस्पतालबाट १५ हजार २२६ जनालाई सेवा दिइएको अस्पतालले जनाएको छ । गाउँमै अस्पताल सञ्चालन भएपछि सेवा लिने बढिरहेको अस्पतालको भनाइ छ ।
नाम राजमार्ग अवस्था कच्ची सडकको
बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको गुनासो स्थानीयले गर्न थालेका छन् ।
असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय
तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।
जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने
नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो ।
सडक भत्किन थाल्यो, छोपिएन नाला
निर्माण कम्पनीले मोरङको कानेपोखरी– रङ्गेली हुलाकी सडक २०७७ सालको चैत १८ गते समुदायलाई हस्तान्तरण ग¥यो । कानेपोखेरी गाउँपालिकाका तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले सडक उद्घाटन गर्नुभएको थियो ।
चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
साक्षरता अभियान
प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हकका रूपमा स्थापित शिक्षासम्बन्धी हकबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरूप सरकारले विशेष महत्वका साथ साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । प्रौढ कक्षा शिक्षा सञ्चालनका अतिरिक्त प्रत्येक वर्ष तिनै तहका सरकार, विद्यालय, विद्यालय सञ्चालक समिति एवं नागरिक समाजका अगुवाको सहभागितामा विद्यार्थी भर्ना अभियानलाई महìवका साथ सञ्चालन गरिँदै आएको डेढ दशक भइसकेको छ । सन् २००० मा थाइल्यान्डमा भएको संयुक्त राष्ट्र
धार्मिक स्वतन्त्रता कांग्रेस पहिचान
मुलुकका सत्तारूढ र ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सहमति सरकार निर्माणको एउटा आधार बनाएका छन् । संविधान संशोधनको विषयलाई अगाडि बढाउने निर्णय एमालेले गरिसकेको छ । कांग्रेसले पनि महामन्त्री विश्वप्रकाश शर्माको बहिर्गमनको नीतिलाई संविधान संशोधनको विषय बनाउने निर्णय गरेर संविधान संशोधनको प्रक्रियामा जाने सङ्केत दिइसकेको छ । पार्टी बैठकलाई समापन गर्दै सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन गर्नुपर्ने कारण र परिस्थि
चुरोट खाएर ठुटा फाल्दा आगलागी, एक जना गम्भीर घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन् ।
नियन्त्रण भएन काठ तस्करी
वनकर्मीले जङ्गली क्षेत्रसंँग जोडिएका विभिन्न स्थानमा छापा मारी तस्करसहित ७८ क्युफिट बराबरको काठ तथा दुई थान मोटरसाइकल नियन्त्रणमा लिएका छन् । परियोजनाको जङ्गलबाट पनि साखुका ५८ क्युफिट काठसहित तस्कर पक्राउ परेका छन् ।
डिजिटल बैङ्किङका समस्या
पछिल्लो समय अनलाइन सेवाको बढ्दो उपयोगका कारण डिजिटल बैङ्किङ कारोबारमा प्रयोगकर्ताको आकर्षण बढेको छ । यससँगै विद्युतीय माध्यम प्रयोग गरेर हुने आर्थिक लेनदेन तथा बैङ्किङ कारोबारमा ठगीका घटना पनि उत्तिकै बढ्दै गएका छन् । डिजिटल प्रविधिको तीव्र विकासले देश विदेशदेखि गाउँका कुनाकाप्चासम्म आफूले चाहेको समयमा पैसा लेनदेनको प्रक्रियालाई सहज बनाएको छ तर यसबाट बैङ्किङ कारोबारमा असुरक्षा र जोखिम पनि बढेको छ । सामाजिक सञ्जाल
अरनिको राजमार्गको संसदीय अनुगमन
सङ्घीय संसद्को पूर्वाधार विकास समितिले अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकदेखि सिन्धुपाल्चोकको कोदारीसम्म सडक अनुगमन गरेको छ । आइतबार समितिका सदस्य शङ्कर भण्डारीको नेतृत्वमा आएको टोलीले निर्माणाधीन अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक र धुलिखेल–खावा सडकखण्डको अनुगमन गरेको हो ।
पालिका पर्यटन प्रवर्धन
बेरोजगारी देशकै सबैभन्दा ठुलो समस्या भएको छ । स्वदेशमा रोजगारी पाउन नसकेपछि दिनकै दुई तीन हजार नेपाली युवा बिदेसिन बाध्य छन् । सरकारले ठुलो मात्रामा लगानी गरेर तत्कालै रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । सरकारको सीमित साधनस्रोत बाधक छन् । सीमित राजस्व साधारण खर्चमै ठिक्क हुने हुँदा पुँजीगत खर्चको आकार पनि व्यापक बनाउन सकिएको छैन । व्यापक लगानी गरेर रोजगारी सिर्जना गर्न सक्ने स्थिति नहुँदा अनेक विकल्पमा ध्यान जानु पर्छ । यो अवस्थामा रोजगारी सिर्जना गर्न उपलब्ध प्राकृतिक स्रोतसाधनलाई ससाना पुँजी, योजना, रणनीति, सिप, दक्षता र सिर्जनशीलता उपयोग गर्नुपर्ने हुन्छ । त्य
जलवायु न्यायको बहस
नेपालका लागि जलावायु परिवर्तन तथा सङ्कट मुख्य चुनौती रहेको छ । पछिल्लो समय जलवायु सङ्कटका कारण ठुलठुला महामारी, प्रकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ, जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । सँगसँगै आममानिसको नियमित जीवनशैलीमा परिवर्तन भइरहेको छ । अझ भन्नुपर्दा, जलवायु सङ्कटले आममानिस मात्र होइन, देश नै प्रभावित भएको छ । नेपालमा जलवायु परिवर्तनको कारण मौसमजन्य घटनामा आएको परिवर्तनले बेमौसम