मधेश प्रदेशमा संविधान दिवस भव्यतापूर्वक मनाइने
मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
खैरो हिरोइनसहित तीन पक्राउ
ताप्लेजुङमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले सदरमुकाम फुङ्लिङबाट पक्राउ गरेको हो ।
कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिमण्डल विस्तार गरिएको हो ।
क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार क्रिप्टो कारोबार गर्ने स्टारब्वाइ सोलुसनका सञ्चालकद्वय स्थायी घर पर्व नवलपरासी, गैडाकोट नगरपालिका भएका २२ वर्षीय प्रज्ञान रिमाल र स्थायी घर बागलुङ भइ हाल काठमाडौं तारकेश्वर बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ परेका छन्।
बेगनासमा मोटरबोट रोक्न उच्चको परमादेश
कास्कीको पोखरा महानगरपालिकामा रहेको बेगनास तालमा मोटरबोट चलाउन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ ।
दुग्ध क्षेत्र कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको हो ।
आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गर्नुभएको छ ।
कर्णाली नदीको बहाव घट्याे
दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जलमापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो ।
उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः उपाध्यक्ष सापकोटा
पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।
पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण
गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी संक्रमित भएका छन् ।
जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
जापानिज इन्सेफलाइटिसबाट १४ को मृत्यु, ६१ जना सङ्क्रमित
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
जुनार खेतीमा सुडे पुतलीकाे प्रकोप
जुनारमा सुडे पुतलीको प्रकोप बढेसँगै उहाँलाई चिन्ता पनि थपिएको हो ।
एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने
एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ ।
बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
देउसीको रकमले सडक ढलान
गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतीका लागि कुनै निकायले चासो नदेखाएपछि यहाँको एक गाउँका बासिन्दाले देउसीभैलो खेलेरसडक ढलान गरेका छन् ।
चीनमा अवकाशको उमेर बढाइने
चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् ।
‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर)
नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
‘एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्याइने’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गर्नुभयो ।
लागुऔषध कारोबारमा संलग्न पाँच पक्राउ
कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
यागी चक्रवातको प्रभाव म्यानमारमा बढ्यो, भियतनाममा घट्यो
यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमारका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमार क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ ।