• ११ असोज २०८१, शुक्रबार

‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर)

blog

प्रदर्शनीको अवलोकन गर्दै कला प्रेमी । तस्बिर: केशब गुरुङ

काठमाडौँ, भदौ २८ गते । नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।

जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग परिचित गराउने र सौन्दर्यलाई उजागर गर्ने उद्देश्यसहित यो प्रदर्शनीको आयोजना गरिएको हो ।

विशेषतः पर्यटकहरु माझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारिएको छ । नेपालका ख्यातिप्राप्त कलाकारद्वारा  सृजित ३६ थान कलाकृति प्रदर्शनीमा राखिएको छ । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्षलाई कलाकारले क्यानभासमा उतारेका छन् ।

प्रदर्शनीमा कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी हुनुहुन्छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर)को प्रयोग गरी चित्र सृजना गर्नुभएको छ । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गर्नुभएको हो । भदौ २८ गतेदेखि सुरु भएको प्रदर्शनी ३० गतेसम्म उमोजा क्याफे, नयाँ बानेश्वरमा सञ्चालनमा रहनेछ ।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।