बागलुङदेखि जलजला जोड्ने झोलुङ्गे पुल निर्माण
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न काली गण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ ।
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते सुरु
तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
आठौँ वालिङ महोत्सव सुरु
स्याङ्जामा वालिङ महोत्सव सुरु भएको छ ।
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्री, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
लुम्बिनीसँग जोडिएका क्षेत्रलाई बुद्धभूमिका रूपमा प्रचार गर्नुपर्नेमा जोड
शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरूलाई बुद्धभूमिका रूपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो ।
जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी
लामो सयपछि बैतडीमा हिउँदे वर्षा र उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । वर्षा हुँदा किसान हर्षित भएका छन् । आलु खेतीका लागि प्रसिद्ध खोड्पे क्षेत्रमा हल्का हिमपात सुरु भएपछि किसान खुसी भएका हुन् ।
चलचित्र दयारानी माघ २६ देखि देशभर प्रदर्शन हुने
नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।