हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक
प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिकरुपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् ।
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ ।
चीनमा ६३ वर्षयताको सबैभन्दा गर्मी
चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा ठुलो असर
जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो ।
नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली
चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ।
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।
एनपीएल : काठमाडौँसँग हार्यो कर्णाली
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार खेपेको छ ।
नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।
गाडिएको अवस्थामा युवतीको शव फेला
गोरखामा एक युवतीको खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका –१ घर भएकी १८ बर्षिया युबतीको बारपाक नजिकको मैखर्क जंगलमा शब फेला परेको हो ।
एनपीएल : कर्णालीले दियो काठमाडौँलाई १५० रनको लक्ष्य
ओपनर शिखर धवनको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितक लागि काठमाडौँ गुर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।
गोदाम आगलागीमा तीन घाइते, ८० लाखको क्षति
कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ । बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चारतले पक्की घरको बिचतलामा रहेको कपडा गोदाममा आगलागी भएको हो ।
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग ।
उपनिर्वाचनको परिणाम निराशाजनक छैन : कावा अध्यक्ष पोखरेल
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको परिणाम निराशाजनक नभएको तर त्यसको समिक्षा गर्ने बताउनुभएको छ ।
मान्छे बेच्ने प्रथा
राणाकालमा कमारा प्रथा थियो । यसलाई दास प्रथा पनि भनिन्छ ।
आज देशभरको मौसम सफा रहने
बुधबार देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
जनप्रतिनिधिको कामप्रति जनता सन्तुष्ट देखिएनन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले मंगलबार सो विचार सार्वजनिक गर्नुभएको हो ।
विद्यालय शिक्षा विज्ञान र प्रविधियुक्त हुनुुपर्छ : मन्त्री भट्टराई
सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुुपर्ने बताउनुभएको छ ।
अयोध्याबाट आएका जन्ती जनकपुर प्रस्थान
विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरी विभिन्न पालिकामा स्वागत र बिदाइ गरिएको छ। सोमबार राति जिल्लाको मटिहानीमा विश्राम गरेका जन्ती मंगलबार बिहान मटिहानी हुँदै जलेश्वर तथा पिपरा हुँदै जनकपुर प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली–एनपिसी अध्यक्ष भेटवार्ता
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता भएको छ ।
नेपाल–चीनबिच औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले मङ्गलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।
एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
निर्माण व्यवसायीसहित सरकारले २० कम्पनीलाई राख्यो कालो सूचीमा
सरकारले २० वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसयी तथा कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ ।