सूचना प्रविधिको क्षेत्रमा सरकारले काम गर्दैछः मन्त्री गुरुङ
सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तीव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रबिधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।
‘सुख्खा छाला रोगको घर हो ’
चिसो मौसममा छालासम्बन्धी समस्याले बढी दुख दिने गर्छ । यो मौसममा छाला सुख्खा हुने, चिलाउने, एलर्जी हुने, अनुहारमा पोतो आउने, हातखुट्टा फुट्ने, औंला सुन्निने जस्ता छालासम्बन्धी समस्या देखिने गर्छ ।
धार्मिक पर्यटकीय गन्तव्य बनाउन बजेटको व्यवस्था गर्छु : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
ऐतिहासिक मकवानपुर गढी दरबार (फोटो फिचर)
ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ ।
नेपाल प्रहरीमा नयाँ भर्ना खुला (सूचनासहित)
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
बिआरआई सम्झौता सकारात्मक
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीन सरकारबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा भएको सम्झौता सकारात्मक भएको बताउनुभएको छ । हेटौँडामा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री थापाले बिआरआई विकाससँग मात्र सीमित नभएर बहुआयामिक अवधारणा भएकाले यस अवधारणाप्रति डराउनु र आत्ति
क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको भूकम्प
अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।
चार प्रदेशमा आंशिक बदली हुने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।
हिम शृङ्खला
जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको शिर असारेबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिम शृङ्खला ।
हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याएर यहाँको विद्युत समस्या समाधान गर्ने पहल गरिएको बताउनुभएको छ ।
गोरखामा ६ दलको जमानत जफत
गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहित डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टी सहित ६ दलको जमानत जफत भएको छ ।
मुगु कर्णालीले घेरेको कच्चेकोट
कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । यस स्थानमा तत्कालीन शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ छ ।
सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
एक महिनामा २२ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले एक महिनामा बाँकेका किसानहरुसँग २२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
जलवायु परिवर्तनले मुलुकको गरिबी र असमानता बढायो : पूर्वराष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप बढाएको बताउनुभएको छ ।
एनपीएल : सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
नसर्ने रोगमध्ये मधुमेहका विरामी बढी, खानामा ध्यान दिन सुझाव
विश्वमा नसर्ने रोग (मुटु, मधुमेह, क्यान्सर, सिओपिडीको) को समस्या महामारीका रुपमा देखापर्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने गर्छ ।
महिलाविरुद्ध जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ ।
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुने दुईजनाको पहिचान खुल्यो
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ ।
प्रधानमन्त्रीद्वारा चिनियाँ सङ्ग्रहालयको अवलोकन
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।