सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ ।
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भीर
लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
तिहारमा गुन्जिन्छन् यी गीत
उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुन्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् ।
लक्ष्मीपूजाको दिन विद्युतको माग उच्च, २५३ मेगावाट भारत निर्यात
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
राष्ट्रिय झण्डा सिलाउने पेसामा रमाएका इद्रिसी
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, फुल्टेक्रा रोडमा टेलर पसल सञ्चालन गर्दै आउनुभएका ७२ वर्षीय अनवर अलि इद्रिसी नेपाली राष्ट्रिय झन्डा सिलाउने पेसामा वर्षौँदेखि रमाइरहनुभएको छ ।
करेन्ट लागेर युवकको मृत्यु
सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो ।
तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला
गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ ।
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
सुनको मूल्य हालसम्मकै उच्च
लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार उज्यालो र प्रगतिपथको पर्व: प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले तिहार उज्यालो र प्रगतिपथको पर्व भएको बताउनुभएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो ।
नेपाल विभिन्न संस्कृति भएको देश : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवम् विभिन्न संस्कृति भएको देश भएको बताउनुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।
तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहीबारको अमेरिकी डलर समान रहेको छ ।
प्रधानमन्त्री ओलीद्वारा नेपाली खेलाडीको प्रसंशा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल खेलको उपाधि नेपाली टोलीले जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।
सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता
सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाउनुभएको छ ।
सयपत्रीले बढायो तिहारको रौनक
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषक तिहारको लागि सयपत्री फूल टिप्न व्यस्त। पालिकाले अनुदान दिएपछि फूल खेती गर्ने कृषकको आकर्षण बढेको छ ।
गण्डकीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।