स्मार्ट लाइसेन्स छपाइ अझै अन्योल, सकिएन गुणस्तर परीक्षण
दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी
चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ ।
रङ्गीन काउलीप्रति किसानको आकर्षण: नेपालमा छैन अनुसन्धान
सिराहाको लहानका किसान रतन साह रङ्गीन काउली बेच्दा उपभोक्ताको चित्त बुझाउनमै हैरान हुनुहुन्छ । उहाँले आफ्नो पाँच धुर बारीमा लगाउनुभएको रङ्गीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको भिड हुन्छ भने खरिद गर्न उपभोक्ता हिचकिचाउने गरेका छन् । कसैले स्प्रे गरेर रङ्गीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको आशङ्का गर्छन् । कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन् । सबै जाँच गरेपछि मात्र उपभोक्ताले रङ्गीन काउली किनेको अनुभव साहसँग छ ।
अप्टिकल फाइबरको अड्चन फुक्यो
युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिको इन्टरनेट पुर्याउने उद्देश्यसाथ करिब दस अर्ब लगानीमा मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सबै जिल्लाका सदरमुकामसम्म फाइबर सञ्जाल विस्तार गर्ने सरकारको योजना छ । तर सो काम लुम्बिनी र गण्डकी प्रदेशमा सुरु हुनै सकेको छैन । ती दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलका कारण यो परियोजना अलपत्र परेको हो ।
शान्ति सेनामा नेपाल पहिलो
संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्याउने लक्ष्य राखेको छ ।
घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर
स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु । छिमेकी गाउँका बालबालिका विद्यालय गइरहँदा यो गाउँका बालबालिकाका हरेक दिन मनोरञ्जन र खेलमा रमाएर बित्ने गरेको छ । विद्यालयको मुख देख्न नपाउनुमा गाउँमा विद्यालय नहुनु हो । उनीहरूलाई पढ्नका लागि कालीगण्डकी नदी तरेर अर्को प्रदेशमा जानुपर्ने बाध्यता छ । यही बाध्यताका कारण अभिभावक आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन् ।
पालिकाले सोनाम ल्होछारमा दियो तीन दिन बिदा
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्वसोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिनेभएको छ ।
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छ : सांसद पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो ।
क्यानडासँगको सिरिजका लागि नेपाल तयार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीबारदेखि सुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराउनुभएको हो।
वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रश्न नउठ्ने गरी विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्छ : महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिनुभएको छ ।
मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गएको बताउनुभएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो ।
सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ
सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
थानकोट–चन्द्रागिरि सडक : थप छ करोड बजेट विनियोजन
सरकारले थानकोट–चन्द्रागिरि सडकमार्गलाई थप छ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।
चर्चा भिपिएनको
छोटो भिडियो पोस्ट गर्न सकिने टिकटक नेपालमा बन्द गर्ने निर्णयपछि अहिलेसम्म पनि त्यसको चर्चा चलिरहेकै छ । भाइबहिनीले पनि समाचार अथवा घरमै आमाबुवाबाट पनि यो खबर पक्कै थाहा पाउनु भएकै होला । टिकटक बन्द भएपछि त्यसको जति धेरै चर्चा भयो त्यससँगै भिपिएनको पनि चर्चा सुरु भयो । त्यसो त प्रविधिको दुनियाँमा भिपिएन कुनै नौलो कुरा होइन तर नेपालमा भने यो यतिबेला चर्चित बन्न पुगेको छ । भिपिएनको चर्चा बढेपछि यसबारे जान्ने बुझ्ने चासो पनि बढेको छ । बारम्बार सुनिराखेपछि भाइबहिनीलाई पनि पक्कै यसबारे जान्न मन लागेको हुनु पर्छ ।
सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आइसियुबाट वार्डमा सारियो
नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डको निर्देशन
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उहाँले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको थियो ।
रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
विवाहको एक महिनामा जीवनसाथीले धोका दिएपछि...
रिलमा कलाकार बन्ने सपना बोकेका धनबहादुर शाही रियल अर्थात् वास्तविक जीवनमा भने सडक छाप बन्न पुगे । उहाँलाई सात कक्षा पढ्दै गर्दा नै कलाकार बन्ने भूत चढ्यो । बुवा काम गर्न कार्यालय गएका बेला बुवाकै ८५ हजार रुपियाँ पैसा लिएर काठमाडौं हानिएका धनबहादुरलाई त्यो बेला लाग्थ्यो, ‘कलाकार त जसरी पनि बनिन्छ, बन्छु नै ।’
सानेपामा काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि आकस्मिक बैठक बसेको हो ।
ठगी आरोपमा लहानका प्रधानाध्यापक कर्ण पक्राउ
व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
सिक्टाबाट पचास प्रतिशत सिँचाइ
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँके जिल्लाको ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पु¥याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ निर्माण भइरहेको आयोजनाबाट हालसम्म करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । नेपाल सरकारको आफ्नै लगानीमा आर्थिक वर्ष २०६२/६३ देखि निर्माण थालिएको आयोजना आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको जनाउँदै आयोजना प्रमुख देवराज निरौलाले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो । उहाँले हालसम्म पूर्वी र पश्चिमी भूभाग गरेर करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र अन्य लक्षित भूभागमा पानी पु¥याउने कार्यका लागि निर्माण चलिरहेको बताउनुभयो ।