‘ए’ डिभिजन लिग गर्ने सहमतिसँगै एन्फाको ताला खुल्यो
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल फुटबल खेलाडी सङ्घबिच शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति जुटेपछि खेलाडी सङ्घले एन्फामा लगाएको ताला खुलेको छ ।
जय ट्रफी फाइनल मुलपानीमा
प्रतिनिधिसभा निर्वाचनका कारण सारिएको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल मुलपानीमा हुने भएको छ ।
क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त
सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
राष्ट्रिय लिग : फ्रेन्ड्सले श्री भगवतीलाई हरायो
एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराएको छ ।
भारत फेरि विश्व च्याम्पियन
भारतले फेरि टि–२० विश्वकप च्याम्पियन बनेको छ । यो जितसँगै भारत घरेलु मैदानमा टि–२० विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार न्युजिल्यान्ड र भारतबिच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उपाधि चुम्ने टिमको इतिहास पनि भारतले बनाएको छ ।
पारा एथेटिक्स टोली भारत प्रस्थान
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
एन्फा राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो ।
खेलाडीद्वारा एन्फा मुख्यालयमा तालाबन्दी
नेपाल फुटबल खेलाडी सङ्घले आइतबार विभिन्न तीन वुँदे माग राख्दै ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् ।
उपाधितर्फ लम्कँदै बार्सिलोना
बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको क्लबलाई उसैको मैदानमा १–० गोलले हरायो ।
टी–२० विश्वकप : भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्दै
आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार)राति साविक विजेता भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।
न्युजिल्यान्डसँग सतर्क भारत
आयोजक भारत र न्युजिल्यान्डबिच आइतबार आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त हुँदै छ । सो खेल जसले जिते पनि नयाँ इतिहास कायम हुने छ । न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो । यसै गरी भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित विशाल नरेन्द्र मोदी रङ्गशालामा हुँदै छ । सो रङ्गशालामा फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।
एसियाड प्रवर्धनका लागि ‘फन रन’को तयारी
२०औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।
टी–२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार राति भएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हरायो । उपाधिका लागि भारतले आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
मतदानमा खेलकर्मीको सक्रिय सहभागिता
देशमा नयाँ नेतृत्वका लागि बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा सर्वसाधारणसहित विभिन्न क्षेत्रका व्यक्तिले सक्रियताका सहभागिता जनाए । जसमा खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । नेपाली खेलकर्मीले पनि देश निर्माण, परिवर्तन र समृद्धिको आशामा उत्साहजनक रूपमा निर्वाचनमा भाग लिएका छन् । नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले मत दिएर देशको विकासका निम्ति आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो । काठमाडौँ क्षेत्र नं. १ अन्तर्गत बुद्धनगरको काठमाडौँ स्वप्न वाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गर्नुभएको हो । उहाँले भन्नुभयो, “अब जो आए पनि स्थिर सरकार होस् भन्ने आशा गरेको छु । उहाँहरूलाई पाँच वर्षसम्म बिनाअवरोध काम गर्ने वातावरण बनोस्, त्यही कामना गर्दछु ।”
त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ ।
अस्ट्रेलियामा कँडेल कपको तयारी
अस्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।
टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
कोलकातास्थित इडेन गार्डेन्स मैदानमा राति ७:१५ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।
कोपा डेल रे बाट बाहिरियो बार्सिलोना
घरेलु मैदानमा मङ्गलबार राति भएको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हराए पनि बार्सिलोना बाहिरिएको हो ।