• २६ फागुन २०८२, मङ्गलबार

राष्ट्रिय लिग : फ्रेन्ड्सले श्री भगवतीलाई हरायो

blog

बल खोस्ने प्रयास गर्दै फ्रेन्ड्स र श्री भगवतीका खेलाडी ।

काठमाडौँ, फागुन २५ गते । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सामेबार फ्रेन्ड्सलाई जिताउन प्रशान्त लक्समले गोल गर्नुभयो । फ्रेन्ड्सले अर्को गोल श्री भगवतीका बिवश चौधरीबाट खआत्मघाती उपहार पाएको थियो । 

जितसँगै नौ खेलबाट नौ नै अङ्क बनाएको फ्रेन्ड्स १०औँ स्थानमा छ । समान खेलबाट आठ अङ्क बनाएको श्री भगवती १३औँ स्थानमा छ ।

यस्तै सोमबारनै भएको अर्को खेलमा शीर्ष टोली एपिएफ र प्लानिङ ब्वाइज युनाइटेड क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

लिगमा १३ टोलीको सहभागिता रहेको छ । लिगको विजेता टोलीले १५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।