टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै
वीरगञ्ज (पर्सा), पुस १३ गते । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । रासस
दिनेश र जयराम फाइनलमा
साबिक विजेता दिनेश प्रजापति र जयराम श्रेष्ठबिच सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको उपाधिका लागि भिडन्त हुनेभएको छ ।
सन्दीप विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
प्रधानमन्त्री कप : एपीएफ छैटौँ जितसहित क्वालिफायरमा
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायो । जितसँगै ६ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । पराजित गण्डकी दुई अङ्कसहित सातौँ स्थानमा छ ।
साबिक विजेता दिनेश सेमिफाइनलमा
साबिक विजेता दिनेश प्रजापति सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको क्वार्टरफाइनल खेलमा दिनेशले रवि खड्कालाई १/० ले हराउनुभयो ।
प्रधानमन्त्री कप : कोशी प्रदेश प्लेअफमा
कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।
मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र दरबाङमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बजा र समाजसेवी बलमान रोकाले उद्घाटन गर्नुभएको हो ।
तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपालगन्जमा आयोजना गरिने बाँके जिल्लास्तरीय तकान्दो प्रतियोगितामा जिल्लाका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौती दियो
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
सुनसरीको चक्रघट्टीलाई कञ्चनजङ्घा सेसेलुङ गोल्डकप उपाधि
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा आयोजना गरिएको प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबले जितेको छ।
लिभरपुल शीर्ष स्थानमा
रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
भुवनसहित आठ खेलाडी क्वार्टरफाइनलमा
भुवन नगरकोटीसहित आठ खेलाडी सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
प्रधानमन्त्री कप : कोशीले गण्डकीलाई हरायो
कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ ।
नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
धरान उपमहानगरपालिमा नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी फागुन १९ गतेबाट हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै भिजन फिटनेसको आयोजनामा धरान-८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले बताउनुभएको हो ।
प्रम कप क्रिकेट : एपिएफ विजयी
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ ।
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।
काठमाडौँलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा
दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो ।
गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए ।
खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘एनपिजीए म्याच प्ले’ गल्फ बुधबारदेखि
सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगितामा अघिल्लो सिजनका शीर्ष वरीयताका १६ खेलाडीको सहभागिता रहनेछ ।
जिल्ला ब्याडमिन्टन सङ्घलाई मान्यता प्रदान
जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमपश्चिमले पहिलो पटक नेपाल ब्याडमिन्टन सङ्घबाट आधिकारिकता पाएको छ । २०७५ सालमै स्थापना भएर काम गर्दै आए पनि रुकुमपश्चिमले आधिकारिकता पाउन सकेको थिएन ।
चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु
चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
टाइब्रेकरमा जितपछि धनगढी फाइनलमा
दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।
श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।