सन् २०२३ मा विश्व खेलकुद
विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।
प्रधानमन्त्री कप : एपीएफ र कोशीबिच उपाधि भिडन्त
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
न्युक्यासलमाथि लिभरपुलको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो ।
संजीत अमेरिकामा सम्मानित
उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ ।
खेल प्रति अरूलाई पनि प्रेरित गर्नुस् : प्रमुख साह
तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा मङ्गलबारबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
त्रिभुवन आर्मी क्लबले जित्यो भलिबलको उपाधि
बागलुङको गलकोट नगरपालिकामा सञ्चालित बुकी कप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
हाम्रो खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म पुगाउनु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताउँदै खुसी ब्यक्त गर्नुभएको छ ।
न्यू दर्पणलाई नकआउट फुटबल उपाधि
खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पारेको छ । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आयोजक न्यू दर्पणले पुल्चोक युवा सञ्जाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।
आर्सनललाई फुलहामको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
प्रधानमन्त्री कप : कोशी फाइनलमा
कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।
कोशीलाई ८९ रनको चुनौती
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो ।
सिटीको सानदार जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो ।
कोशीलाई हराउँदै एपीएफ फाइनलमा
नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो ।
राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप यसै महिना
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा पुस २४ देखि २६ गतेसम्म भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ ।
म्याग्दीको मङ्गलामा राष्ट्रपति रनिङ शिल्ड सुरु
म्याग्दीको मङ्गला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै
इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।
ललितपुर एनएसएल च्याम्पियन
दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
पुलिसले चुम्यो प्रो क्लब टी–२० उपाधि
दोश्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जमा शनिबार भएको फाइनलमा पुलिसले पर्सा–११ लाई एक सय रनले हरायो ।
खेलकुद निकायको भुमिकाबारे समीक्षा हुन आवश्यक छ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
दिनेशलाई ‘एनपीजीए म्याच प्ले’ गल्फ उपाधि
सूर्य नेपाल ‘एनपीजीए म्याच प्ले’ गल्फ प्रतियोगिताको उपाधि दिनेश प्रजापतिले जित्नुभएको छ । गल्फ टुर २०२३/२४ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा भएको सिजनको दोस्रो प्रतियोगितामा दिनेशले ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउनुभयो ।
सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण
आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जित्नुभएको छ ।
भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान
भारतको हैदराबादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फर्किनु भएका नेपालगन्जका डा. प्रतीक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई यहाँ सम्मान गरिएको छ ।
प्रधानमन्त्री कप : एपीएफ क्वालिफायरमा
विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । एपीएफ लिग चरणमा अपराजित रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते
मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ ।