नगरस्तरीय क्रिकेट सुरु
तानसेनमा शनिबारदेखि नगरस्तरीय ‘प्रथम क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
एनएसएल : बुटवलको कठिन जित
बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।
सिटीलाई क्लब विश्वकप उपाधि
इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा शुक्रबार राति भएको फाइनल खेलमा सिटीले ब्राजिलको फ्लुमिनेन्सलाई ४–० गोलले हरायो ।
खेलकुदमा खेलाडीको विमालेख प्रारम्भ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा विमालेख कार्यक्रमको शुभारम्भ गरेको छ ।
फोर्टिन स्टार कप फुटबल प्रतियोगिता सुरु
फोर्टिन स्टार युवा क्लबको आयोजनामा तम्घासको चिदिचौरमा जिल्ला स्तरीय माध्यमिक तह छात्र फुटबल प्रतियोगिता सुरु भएको हाे ।
सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल दोस्रो
भारतको देहेरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १६ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् । उत्तराखण्ड तेक्वान्दो एसोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एसोसिएसनको संयुक्त आयोजनामा सो प्रतियोगिता सञ्चालन गरिएको थियो ।
'खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताउनुभएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो
बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
बास्केटबलमा बुढानीलकण्ठको जित
बुढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार बुढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले हरायो ।
एनएसएल : काठमाडौँमाथि वीरगन्जको फराकिलो जित
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।
अभयलाई दोहोरो सफलता
आर्मीका अभय महरा दोस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु–१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।
लुम्बिनी र कोशीको सुखद सुरुवात
लुम्बिनी र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
म्याग्दीका युवामा भलिबल खेलको क्रेज बढ्यो
म्याग्दीमा पछिल्लो समय भलिबल खेलप्रति युवाहरूमा आकर्षण बढेको देखिएको छ । स्थानीय सरकार, विद्यालय र विभिन्न सङ्घ संस्थाहरूले भलिबल खेलको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण, प्रशिक्षण, तालिम र विभिन्न समयमा प्रतियोगिता आयोजना गर्न थालेपछि भलिबल खेलप्रति युवाहरूको क्रेज बढेको हो ।
अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपाली खेलाडीको औसत प्रदर्शन
प्रथम मेघालय अन्तर्राष्ट्रिय खुला ग्राण्ड मास्टर्स बुद्धिचाल प्रतियोगितामा नेपाली बुद्धिचाल खेलाडीले औसत प्रदर्शन गरेका छन् ।
एपीएफ र बागमतीको विजयी सुरुवात
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो ।
फरक संरचनामा पिएम महिला टी–२०
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार प्रधानमन्त्री कप महिला टी–२० (पिएम कप) राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्यानले पत्रकार सम्मेलन गरी सहभागी सातै प्रदेश र यस प्रतियोगिताको सर्वाधिक सफल टिम एपिएफ पनि तयारी अवस्थामा रहेको जनायो । पिएम कप बिहीबार सुरु हुँदै छ । आगामी पुस १७ गते सकिने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने छ ।
मुकेश मेमोरियल र पाथीभरा टाइगर फाइनलमा
ताप्लेजुङस्थित पूर्वकै ऐतिहासिक पुसेमेला स्वर्ण महोत्सवमा सञ्चालित अन्तर जिल्लास्तरीय पुरुष भलिबलमा स्थानीय मुकेश मेमोरियल क्लब र झापाको पाथीभरा टाइगर भलिबल क्लब दमक, झापा फाइनलमा पुगेका छन् ।
श्रवण माबि पहिलो
आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।
नगरस्तरीय प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता हुने
तानसेनमा तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो ।
यु–१९ बास्केटबल : एन्जल्स हार्टलाई सफलता
एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ । एन्जल्स हार्टले ट्रिनिटीलाई ७९–६४ ले पराजित ग¥यो । एन्जल्स हार्टका सागर परियारले २३ स्कोर गर्नुभयो ।
एनएसएल : धनगढीलाई झापाको झट्का
नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।
नेपाली खेलाडीलाई चार स्वर्णसहित ११ पदक
भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित ११ पदक जितेका छन् ।
भारतमा सूदुरपश्चिमका खेलाडीलाई सर्वाधिक स्वर्ण
भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सूदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् ।