कल्पना खरेल
नवलपरासी पश्चिम, असार १० गते । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले विपद् पीडितको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरेको छ । प्रतिव्यक्ति २५ हजार रुपियाँको दरले उनीहरूलाई आर्थिक सहयोग गरिएको सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले बताउनुभयो ।
उनीहरूलाई चेक मार्फत रकम हस्तान्तरण गरिएको हो । जेठ २३ गते सुनवल नगरपालिका–२ मा कोदालो प्रहारबाट मृत्यु हुने दुई जनाको परिवार, जेठ ७ गते वडा नम्बर ७ मा हावाहरीबाट ज्यान गुमाउनु परेका दुई जनाको परिवार र वडा नम्बर ६ मा वैशाख १९ गते पोखरीमा डुुबेका बालकको परिवारलाई प्रतिव्यक्ति २५–२५ हजार रुपियाँका दरले राहत उपलब्ध गराइएको हो ।
नगर प्रमुख अर्यालले‘‘ठुलो रकम दिन नसकिए पनि स्थानीय सरकार नागरिकको सुख दुःखमा साथमा छ” भन्ने आभास दिलाउने सानो प्रयास भएको बताउनुभयो । विपद् कोष मार्फत नगरभित्र विपदमा परेका नागरिकहरूलाई नगरले राहत उपलब्ध गराउँदै आइरहेको छ ।