• १० असार २०८२, मङ्गलबार

१३ जना फरार प्रतिवादी पक्राउ

blog

सञ्जय कुमार मिश्र 

गौर, असार १० गते । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गरी ती फरार प्रतिवादीहरुलाई खोजतलास गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले लागुऔषध, बैकिङ् कसुर, जालसाजी, चोरी, ठगी, सवारी, अङ्गभङ्ग, कुटपिट अङ्गभङ्ग, सवारी ज्यान मुद्यामा सजाय पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट दण्ड सजाय पाएका प्रतिवादीहरु लुकिछिपी अवस्थामा कतिपय घरमा बस्दै आइरहेका तथा अन्यलाई विभिन्न ठाउँबाट खोजतलास गरी ती फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिनुभयो ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान सञ्चालन गरी अदालतबाट जरिवाना भई फरार रहँदै आएका प्रतिवादीलाई खोजतास गरी पक्राउ गरी जिल्ला अदालत रौतहटमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।