• १० असार २०८२, मङ्गलबार

बालिकालाई जबरजस्ती गरेको आरोपमा एक व्यक्ति पक्राउ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १० गते। ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय पुरुष पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती गरेको जाहेरीका आधारमा आरोपित पुरुषलाई पक्राउ गरिएको हो। 

प्रहरी कार्यालयमा परेको जाहेरीअनुसार ती पुरुषले गएको आइतबार राति डरत्रास र धम्की दिनुका साथै विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ।

जबरजस्ती करणीसम्बन्धी जाहेरीपछि खोजतलास गर्ने क्रममा पक्राउ परेका पुरुषमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सातको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।