• १० असार २०८२, मङ्गलबार

नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

blog

निशा राई 

धरान, पुस ११ गते । धरान उपमहानगरपालिमा नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी फागुन १९ गतेबाट हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै भिजन फिटनेसको आयोजनामा धरान-८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले बताउनुभएको हो ।

उहाँको अनुसार फागुन १८ मा प्री–जजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरू हुने बताउनुभयो । प्रतियोगितामा ४ वटा वजन समूह खुल्ला गरिएको र खेलाडीहरूको टिम म्यानेजर आफैँले व्यवस्थापन गर्नुपर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार यो प्रतियोगितामा नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्नको लागी विगतमा कुनैपनि प्रतियोगितामा टाइटल नजितेका खेलाडीहरूले भाग लिन पाउने व्यवस्था गरिएको बताउनुभयो।

भिजन फिटनेसले पहिलो पटक २०६८ सालमा मिस्टर धरान आयोजना गरेको थियो । धरान नगर स्तरीय प्रतियोगिताको रूपमा आयोजना हुने भएकोले धरानका फिटनेस एवम् जिमहलबाट करिब ३० जना खेलाडीहरू सहभागी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

ओभरअल राउन्डको विजेताले नगद ५० हजार, दोस्रो हुने खेलाडीले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुने खेलाडीले नगद १० हजार पुरस्कार पाउने र वेस्ट इम्परुभमेन्ट, वेस्ट पोजर, वेस्ट मस्कुलर र व्यस्त टिमले नगद ५ हजार सहित व्यक्तिगत पुरस्कार पाउने आयोजकले जनाएको छ ।